coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

रणवीर उत्कृष्ट

मुम्बई - बलिउड नायिका आलिया भट्ट र नायक रणवीर कपुरको सम्बन्धलाई अहिलेसम्म मिडियाले प्रेमिप्रेमिकाको दर्जा दिएको छैन । मिडियामा जोडीका रुपमा चर्चामा नआए पनि उनीहरु आर्यन मुखर्जीको फिल्म ‘ब्रम्हास्त्र’मा सँगै देखिँदैछन् । सिद्धार्थ मल्होत्रासँग ब्रेकअप भएपछि आलिया रनवीरसँग नजिक भएको चर्चा छ । तर, आलियको रनवीरप्रतिको आसक्तिले दुवैको बीचमा केही चलिरहेको भने अनुमान छ।

हालै उनलाई एक कार्यक्रममा रणवीर कपुर, रणवीर सिंह र बरुण धवनमध्ये को उत्कृष्ट हो भनेर सोधिएको प्रश्नमा उनले रणवीर कपुरकै नाम लिएकी थिइन् । उनले रणवीरलाई आफ्ना लागि सदाबहार मनपर्ने कलाकारका रुपमा पनि लिइन् ।
उनले कलाकारसँगको सम्बन्ध केबल फिल्म वा प्रचारका लागि मात्र सीमित नरहने बताइन् । ‘म कलाकारसँग सम्बन्ध केवल सही र गलतका लागि मात्र राख्दिन । र त्यो सम्बन्ध फिल्म र प्रचारप्रसारका लागि पनि हुँदैन ’ उनले भनेकी छन् ।

हालै मात्र रणवीर र आलिया मुम्बईको एक रेष्टुरेन्टमा भेटिएका थिए । उनीहरुसँग ‘ब्रम्हास्त्र’का निर्देशक आयन मुखर्जी र निर्माता करण जोहार पनि थिए । यो भेटपछि रणवीर र आलिया एउटै कारमा निस्कँदा आयन र करण आफ्नै कारमा घर फर्किएका थिए । उनीहरू रेष्टुरेन्टमा सँगै देखिँदा उनीहरुबीचको सम्बन्ध प्रेममा बदलिएको हो कि भन्ने अनुमान पनि लगाइएको थियो ।
रणवीर र आलियाले बुल्गेरियामा फिल्मको पहिलो चरणको सुटिङ तालिका पूरा गरिसकेका छन् । यो फिल्ममा अमिताभ बच्चन र मौनी रोय पनि छन् । फिल्मको सन् २०१९ मा रिलिज गर्ने तयारी भइरहेको छ । आलिया हाल ‘राजी’को प्रमोसनमा व्यस्त छिन् भने रनवीर कपुर अभिनित ‘सञ्जु’ एक महिनापछि रिलिज हुँदैछ ।

 

प्रकाशित: २६ वैशाख २०७५ ०२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App