८ वैशाख २०८१ शनिबार
कला

क्यालेण्डरमा पूर्वेली सुन्दरी

काठमाडौं – सौन्दर्य प्रतियोगिता ‘मिस पूर्वाञ्चल २०१७’का विजेता तथा उपविजेता सुन्दरीहरु समेटिएको क्यालेण्डर सार्वजनिक भएको छ । सिल्भर इन्टरटेनमेन्टले बुधबार धरानमा चेसुङ वाइनसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा २०७५ सालको क्यालेण्डर सार्वजनिक गरिएको हो।

क्यालेण्डरलाई ‘मिस पूर्वान्चल २०१७’ रुबी लिम्बु, ‘फस्र्ट रनर अप’ सिमरन श्रेष्ठ, ‘सेकेन्ड रनर अप’ अनु ढुंगाना, ‘मिस क्याटवाक’ एस्तर तामाङ, ‘मिस धरान’ विपना श्रेष्ठलगायतले लोकार्पण गरेका थिए।यो वर्षको क्यालेण्डरमा ‘मिस पूर्वाञ्चल २०१७’ रुबी लिम्बु, ‘फस्र्ट रनर अप’ सिमरन श्रेष्ठ, ‘सेकेन्ड रनर अप’ अनु ढुंगाना, ‘मिस क्याटवाक’ एस्तर तामाङ, ‘मिस धरान’ विपना श्रेष्ठ, ‘मिस दमक’ जोयना लिम्बुको आकर्षक तस्वीरहरु राखिएका छन् ।

मुन्धुम बुटिक एण्ड मेख्ली हाउसकी फेशन डिजाइनर मुनु मिभकको विभिन्न डिजाइनका पोशाकमा ग्ल्यामर फोटोग्राफर बिसप ताम्राकारको फोटोग्राफीमा क्यालेण्डरमा सुन्दरीका तस्बिर राखिएका छन् ।सन् २०१० देखि ‘मिस पूर्वाञ्चल’को आयोजना गर्दै आएको सिल्भर इन्टरटेन्मेन्टले विसं. २०७० देखि विभिन्न कम्पनीहरुसँगको सहकार्यमा हरेक बर्ष क्यालेन्डर प्रकाशन गरिरहेको छ ।

 

प्रकाशित: २७ वैशाख २०७५ ०३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App