१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

यूलियासँग सलमानकाे ब्रेकअप !

मुम्बई– बलिउड अभिनेता सलमान खान र उनकी प्रेमिका यूलिया बन्तुरको नाम आउने बित्तिकै सलमानका फ्यानको कान ठाडा हुन्छन् । यूलियालाई सलमानले सार्वजनिक रुपमा आफ्नो प्रेमी नभने पनि उनीहरुको व्यवहार र घनिष्ठ सम्बन्धले उनीहरु प्रेमीप्रेमिका हुन् भन्ने प्रमाण उनीहरुको व्यवहारले नै देखाइसकेको छ । सम्भवत अघिल्ली प्रेमी नायिका कटरीना कैफ पछि सलमानको जिन्दगीमा नजिक आएको कोही महिला छन् भने ती यूलिया नै हुन् । तर गुलियो सधैं मिठो पनि हुँदैन । अहिले सलमान र यूलियाको प्रेमजीवनमा यस्तै नमिठो कुराले स्थान पाएको छ।

यूलियाले इन्स्टाग्राममा बुधबार एउटा विषयलाई पोष्ट गरेकी थिइन् । जुन पोष्टको अध्ययन गर्दा सलमान र यूलियाबीचको सम्बन्धमा दरार आएको प्रष्ट बुझ्न सकिन्छ । ‘मेरो जिन्दगीको सबैभन्दा ठूलो गल्ती यो थियो कि सही व्यक्तिको खोजी गर्नु नै प्रेम हो भन्ने कुरालाई मैले स्वीकारें । वास्तवमा वास्तविक प्रेम आफूले आफै खोज्ने रहेछ,’ उनले लेखेकी छन्,‘यस्तो व्यक्तिको खोजी नगर्नु, जोसँग तपाई जिन्दगी बिताउन सक्नुहुनेछ । तपाई आफै यस्तो व्यक्ति बन्नुहोस् कि तपाई आफैसँग जिन्दगी बिताउन सक्नुहोस्।’

यूलियाले आफ्नो पोष्टमा कोही कसैको नाम उल्लेख नगरे पनि उनले सलमानलाई भनेको आँकलन फिल्मकर्मीले गरेका छन् । किनकी सलमान र यूलियाबीच पछिल्लो समयमा केही खटपट भइरहेको समाचार सञ्चारमाध्यममा आइसकेका छन् । त्यसो त यूलियालाई खान परिवारका हरेक कार्यक्रममा नियमित रुपमा देखिने गरिएको छ । रोमानियाकी यूलिया भारत आउँदा सलमानकै आमासँग सार्वजनिक कार्यक्रममा देखिने गर्छिन्।

उनी सलमानको ग्यालेक्सी अपार्टमेन्टमा पनि नियमित जाने गर्छिन् । यूलिया सलमानका अलावा उनकी बहिनी अर्पितासँग पनि नजिक छिन् । सलमान यतिबेला रेमो डेसुजाको फिल्म ‘रेस ३’मा व्यस्त छन् । यो फिल्ममा अनिल कपुर, ज्याकुलिन फर्नान्डिज, बबी देओल, डेजी शाहलगायतका कलाकारको अभिनय छ ।

 

प्रकाशित: २७ वैशाख २०७५ ०३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App