८ वैशाख २०८१ शनिबार
खेल

डिएफसीको विजयी सुरूवात

खोटाङ – खोटाङमा सुरु अनुप स्मृति गोल्डकपको दोस्रो संस्करणमा आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी) ले विजयी सुरूवात गरेको छ।

दिक्तेलको माटिकोरे खेलमैदानमा बुधबार भएको उद्घाटन खेलमा रूपाकोट फुटबल क्लब (आरएफसी) लाई १ का विरुद्ध ७ गोल गर्दै आयोजक दिक्तेल फुटबल क्लबले विजयी सुरूवात गरेको हो।

बिहीबार हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाबीचमा दोस्रो खेल हुने प्रतियोगिताका संयोजक एवं माउन्ट एभरेस्ट बोर्डिङ स्कुलका प्रिन्सिपल सागर जोशीले बताए।

२०६९ साल जेठ १ गते ट्याक्टरले किच्दा ज्यान गुमाएका माउन्ट एभरेस्ट बोर्डिङ स्कुल दिक्तेलका छात्र अनुप राईको स्मृतिमा अनुप स्मृति गोल्डकप खुला पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको हो।

प्रकाशित: २७ वैशाख २०७५ ०४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App