coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत र पाकिस्तानमा भूकम्प

नयाँदिल्ली– भारत र पाकिस्तानका केही ठाँउमा बुधबार भूकम्पको धक्का महसुस गरिएको छ।भारतको राजधानी नयाँ दिल्लीदेखि भारत नियन्त्रित कस्मिरसम्मका भारतका विभिन्न ठाँउमा भूकम्पको धक्का महसुस गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भूकम्पपछि स्थानीय बासिन्दा त्रसित हुँदै घर बाहिर खुल्ला ठाँउमा भेला भएका थिए ।

बुधबार साँझसम्म भूकम्पका कारण कुनै ठूलो क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरु बताएका छन् ।उता, भारतको छिमेकी राष्ट्र पाकिस्तानमा पनि भूकम्प गएको छ । पाकिस्तानको भूकम्प ६.४ म्याग्निच्युडको मापन गरिएको छ । राजधानी इस्लामाबाददेखि अफङगानिस्तानसँगको सीमा क्षेत्रसहित देशका विभिन्न ठाँउमा भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ।भूकम्पका कारण राष्ट्रियसभाको बैठक पछाडि सारिएको थियो । पाकिस्तानमा पनि भूकम्पबाट बुधबार साँझसम्म कुनै मानवीय क्षति भएको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन्।

प्रकाशित: २७ वैशाख २०७५ ०४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App