७ वैशाख २०८१ शुक्रबार
खेल

खेलकुद पत्रकार मञ्च र डिस मिडिया नेटवर्कबीच प्रायोजन सम्झौता

तस्बिर: सुजन श्रेष्ठ

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च र डिस मिडिया नेटवर्कबीच प्रायोजन सम्झौता भएको छ। राजधानीमा एक कार्यक्रममबीच डिस मिडिया नेटवर्कले मञ्चलाई पल्सर स्पोर्टस अवार्डका लागि ७ लाख बराबरको प्रायोजन सम्झौता गरेको हो।

कार्यक्रममा खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य र डिस मिडिया नेटवर्कका प्रमुख कार्यकारी अधिकृत सुदिप आचार्यले सम्झैता पत्रमा हस्ताक्षर गरे।

सम्झैतामध्ये ४ लाख ७० हजार नगद र २ लाख ३० हजार बराबरको डिस होमको सेटअप बक्स रिचार्ज उपलब्ध गराउने भएको छ। पल्सर स्पोर्टस अवार्ड आगामी जेठ ३ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा प्रदान गरिदै छ।

गतवर्ष जस्तै यस वर्षपनि ८ विधामा नेपाली खेलाडी, प्रशिक्षक, खेलकर्मीलाई अवार्डबाट सम्मान गरिदै छ। जसमध्ये पिपल्स च्वाइस अवार्ड २०७४ को लागि ५ खेलाडीको मनोनयन यसअघिनै सार्वजनिक भइसकेको छ।

जसमा क्रिकेटका सन्दीप लामिछाने, फुटबलका किरण चेम्जोङ, भलिवलका मानबहादुर श्रेष्ठ, गल्फकी प्रतिमा शेर्पा र टेबल टेनिसका स्यान्टु श्रेष्ठ मनोनयनमा परेका छन्।

खेलप्रेमिको एसएमएसको तथा आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य र विभिन्न खेलका राष्ट्रिय प्रशिक्षकहरूको मतका आधारमा विजेता चयन गरिने छ।

प्रकाशित: २७ वैशाख २०७५ ०८:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App