५ वैशाख २०८१ बुधबार
अन्तर्राष्ट्रिय

बाँध फुट्दा मृत्यु हुनेहरूकाे संख्या ४८ पुग्याे

तस्विर : एजेन्सी

नाकारु– केन्याको नाकुरु प्रदेशमा  बाँध भत्किँदा मृत्यु  हुनेहरूकाे संख्या ४८ पुगेकाे छ । बाँध भत्किएपछि बाँधको वरीपरी रहेका झण्डै २५ सय स्थानीय बासिन्दा विस्थापित भएका  छन् । क्षेत्रीय अपराध अनुसन्धान कमान्डर गिडेन किबुन्जाले मृत्यु हुनेहरूकाे संख्या बढ्न सक्ने बताए।  

प्रभावितलाई स्थानीय बासिन्दा, रेडक्रसका स्वयंसेवक, प्रदेश प्रकोप व्यवस्थापन कार्यालयको टोलीलगायतले खोजी तथा उद्धारमा सघाएका थिए । उनीहरूले माटो र हिलोमा पुरिएका झण्डै ४० भन्दा बढीलाई उद्धार गरेर अस्पताल लगेको पनि जनाएका छन् । हिलो माटोले पुरिएका वा बगाएका अरु पनि धेरै हुनसक्ने भएकाले खोजी तथा उद्धार कार्य जारी रहेको उद्धारकर्मीहरुले बताएका छन् ।

प्रदेशका सरकारी अधिकारीहरुले बाँधको पानी घर तथा मानिस भएको ठाँउतिर गएकाले ठूलो क्षति बताएका छन् । बाढी पहिरोका कारण गत दुई महिनामा केन्यामाकुल एक सय ३० जनाको मृत्यु भएको छ भने दुई लाख २० हजार भन्दा बढी विस्थापित भएका छन्।

प्रकाशित: २८ वैशाख २०७५ ०३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App