coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

दुर्घटना भएको ट्याक्टर

रोल्पा – रोल्पामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धनगढीबाट सभामुख कप भलिबलका खेलाडी लिएर रोल्पा सदरमुकाम लिवाङ आउँदै गरेको ना २ ख ५२५ न. को बस र लु ३ त ७१५६ न.काे ट्याक्टर सुरुमा आपसमा सामान्य ठोकिएका थिए । साघुँरो सडक भएका कारण बसलाई साईड दिने क्रममा ट्याक्टर देउखरीखोला नजिक सडकबाट करिब एकसय मिटर तल लुङग्री खोलामा खसेको थियो।

दुर्घटनामा सुनिल स्मृति गाउँपालिका ४ का २८ वर्षिय शिव ओली र सोही ठाउँका २८ वर्षिय ट्याक्टर चालक तारा रोकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा दाङ तुलसीपुरका २६ वर्षिय किरण राना घाईते भएको र उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा उपचार भईरहेको छ । अनुसन्धानका लागि प्रहरीले बसलाई नियन्त्रणमा लिएको छ।

 

प्रकाशित: २८ वैशाख २०७५ ०४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App