१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सभामुख अधिकारी आईसियुमा भर्ना

पोखरा – प्रदेश नं. ४ का सभामुख नेत्रनाथ अधिकारी अस्पताल भर्ना भएका छन् । टाउकोमा रगत जमेपछि मनिपाल शिक्षण अस्पतालमा आईसियुमा उनको उपचार भइरहेको छ । शुक्रबार बिहानैदेखि खुट्टा दुखेको बताएका उनी अपरान्ह साढे ४ बजेतिर बाथरुममा नै लडेका थिए। उनका सहयोगीले तत्कालै उपचारको लागि मेट्रोसिटी हस्पिटल पुर्‍याएका थिए। मेट्रोसिटी अस्पतालबाट उनलाई काठमाण्डौ स्थित न्युरो हस्पिटल लैजाने तयारी गरिएतापनि हेलिकप्टरको व्यवस्थापन हुन नसकेपछि मनिपाल शिक्षण अस्पताल लगिएको थियो ।

उपचारमा संलग्न डाक्टरका अनुसार उनको अवस्था स्थिर छ र रगत बग्न छाडेको छ । डाक्टर रविन्द्र प्रसाद श्रेष्ठका अनुसार उनको सिटिएनजीओ गरिएको छ र मेडिकलको भाषामा उनको अवस्था ड्राउजी रहेको छ । सभामुख होसमा नै रहेको  र शरीर तटस्थ रहेको उनले जानकारी दिए । उनलाई शनिबार बिहानै थप उपचारको लागि काठमाण्डौ रिफर गरिने डा. श्रेष्ठले जानकारी दिए ।

‘हामी निरन्तर उहाँको स्वास्थ्यस्थिति हेरिरहेका छौँ,’ श्रेष्ठले भने, ‘रातमा पुनः रगत बग्न सुरु भए शल्यक्रिया नै गर्नुको विकल्प छैन्, ।’

आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले सभामुखको स्वास्थ्य स्थितिबारे जानकारी लिइरहेको बताए । उनले शनिबार बिहानै थप उपचारको लागि काठमाण्डौ पठाउने समेत जानकारी दिए।

यस्तै, सभामुखको स्वास्थ्यस्थिति बुझ्न तथा स्वास्थ्यलाभको कामना गर्न प्रदेश प्रमुख बाबुराम कुँवर सहित, प्रदेश मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, प्रमुख सचिव, सुरक्षा निकायका प्रमुखहरूले अस्पताल पुगेका थिए। 

प्रकाशित: २८ वैशाख २०७५ १४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App