coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

प्रदेश नम्बर ५ र १ क्वार्टरफाइनलमा

रोल्पा – प्रदेश नम्बर ५ र प्रदेश नम्बर १ रोल्पामा शनिबारबाट सुरु भएको सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

रोल्पाको लिवाङमा महिलातर्फको उद्घाटन खेलमा प्रदेश नम्बर ५ ले प्रदेश नम्बर १ लाई २५–१५,२५–२३, २५–१८ को सोझो सेटमा हराउँदै समूह ‘ख’ बाट विजेताको रूपमा अन्तिम आठमा प्रवेश गरेको हो । समूह ‘ख’ मा दुई टिम मात्र भएकाले हारका बावजुद प्रदेश १ ले पनि अन्तिम आठमा स्थान पाएको छ।

शनिबारै सम्पन्न महिलाकै अन्य खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले पनि विजयी सुरुआत गरेका छन् । पुलिसले प्रदेश ७ लाई २५–७,२५–९,२५–९ को सोझो सेटमा हराउँदा एपिएफले प्रदेश ४ लाई २५–६,२५–२२ र २५–४ को सोझो सेटमा नै हरायो।

उता पुरुषतर्फको खेलमा प्रदेश नम्बर १ र प्रदेश ६ ले पनि प्रतियोगिताको क्वार्टरफाइनल यात्रा तय गरेका छन् । प्रदेश १ ले प्रदेश ६ लाई २५–१९,२५–१०, २५–१२ को सोझो सेटमा हराउँदै समूह ‘ख’ को विजेताको रूपमा अन्तिम आठमा स्थान सुरक्षित ग¥यो । प्रदेश ६ ले पराजयपश्चात् पनि उपविजेताको रूपमा क्वार्टरफाइनलमा प्रवेश गर्ने अवसर प्राप्त गर्याे। 

पुरुषकै अन्य खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेका छन् । विभागीय टोली आर्मीले प्रदेश ३ लाई २५–२१,२५–१९,२५–१७ को सोझो सेटमा पराजित गर्दा अर्को खेलमा पुलिसले प्रदेश ७ लाई २५–१८,२७–२५,२५–१३ को सोझो सेटमा हराउँदै विजयी सुरुआत गरेको हो।

प्रतियोगितामा आइतबार पुरुषतर्फको पहिलो खेल प्रदेश नम्बर ५ र प्रदेश नम्बर ३, दोस्रो खेल प्रदेश नम्बर ४ र प्रदेश नम्बर ७, तेस्रो खेल त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर ५ तथा चौथो खेल नेपाल पुलिस क्लब र प्रदेश नम्बर ४ बीच हुनेछन् । महिलातर्फ पहिलो खेल त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर ४, दोस्रो खेल प्रदेश नम्बर ३ र प्रदेश नम्बर ७, तेस्रो खेल एपिएफ र त्रिभुवन आर्मी र चौथो खेल नेपाल पुलिस क्लब र क्षेत्र नम्बर ३ बीच हुनेछन्।

जेठ २ गतेसम्म सञ्चालन हुने प्रतियोगिता सहभागी महिला÷पुरुष टोलीलाई चार समूहमा विभाजन गरि लिगकम नकाउटका आधारमा खेलाइएको छ । प्रतियोगिताका दुवै समूहका विजेता टिमले समान ३ लाख ५० हजार, उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख रुपैयाँँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको पुरुष र महिला दुवैमा सात प्रदेशबाट १–१ टिम र तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ गरी १० टोलीको सहभागिता छ।

प्रकाशित: ३० वैशाख २०७५ ०४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App