coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाल क्वार्टरफाइनलमा

काठमाडौं – केन्यालाई २–० तथा ताजाकिस्तालाई ३–१ गोलअन्तरले पराजित गर्दै सडक बालबालिकाको विश्वकप फुटबलमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

शनिबार रूसको मस्कोमा सम्पन्न दुई खेलमा सहज जित निकाल्दै नेपाली सडक बालबालिकाको टोलीले अन्तिम आठमा प्रवेश पाएको हो । सेभेन ‘ए’ साइडका आधारमा सञ्चालन गरिएको प्रतियोगितामा नेपालले समूह ‘डी’ का दुवै खेलमा विजयी सुरुआत गरेको हो । समूह ‘डी’ मा नेपालसहित केन्या र ताजाकिस्तान रहेका छन्।

केन्याविरुद्ध २–० को जित निकाल्न नेपालका लागि पवन शाही र सन्तोष खत्रीले गोल गरेका थिए भने शनिबारै सम्पन्न अर्को खेलमा ताजाकिस्तानलाई हराउन पवन शाहीले २ तथा कप्तान रोशन भुजेलले १ गोल गरेका थिए।

प्रतियोगितामा १२ राष्ट्रले सहभागिता जनाएका छन् । सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । ४ समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश पाउनेछन्।

स्ट्रिट चाइल्ड युनाइटेडको आयोजनामा भएको प्रतियोगितामा नेपालबाट सेल्टर आश्रय नेपालले तीन महिनाअगाडि सडक बालबलिकाको लिगबाट विश्वकप सहभागिताका लागि अन्तिम टोलीको नाम सार्वजनिक गरेको थियो।

प्रकाशित: ३० वैशाख २०७५ ०४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App