coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

आउटरिचलाई उपाधि

काठमाडौं – नेपाल आइस आन फुटसलको उपाधि आउटरिच नेपालले जितेको छ । शनिबार फिल्ड फुटसल सानेपामा भएको फाइनलमा आउटरिचले मिडिया बास्केटमाथि ७–२ को विजयी नतिजा हात पार्दै उपाधि पक्का गरेको हो।

विजेता आउटरिचले नगद ७५ हजार हात पार्दा उपविजेता मिडिया बास्केटले नगद ५० हजार जित्यो । शनिबारै सम्पन्न अर्का खेलमा वेलकमले एमएआरएसलाई हराउँदै तेस्रो स्थान पक्का गर्याे। वेलकमले ३० हजार जित्यो।

प्रतियोगितामा विज्ञापन एजेन्सी, कर्पोरेट र सञ्चारमाध्यम गरी ३२ वटा टोलीले सहभागिता जनाएका थिए।

प्रकाशित: ३० वैशाख २०७५ ०४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App