७ वैशाख २०८१ शुक्रबार
कला

राजनको ‘हिँडे पुगिन्छ’

काठमाडौं – राजन सिम्खडाको पुस्तक ‘हिँडे पुगिन्छ’ सार्वजनिक भएको छ । राजधानीमा शनिबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक सार्वजनिक गरे।

पर्यटन व्यवसायी तथा हास्य कलाकार सिम्खडाको यो पहिलो कृति हो । प्वाइन्ट मिडियाले प्रकाशन गरेको अटो बायोग्राफी विधाको पुस्तकमा लेखकले पर्यटन तथा कलाकारिता क्षेत्रमा भोगेका अनुभवसँगै सम्भावनाका विषयलाई पनि प्रस्तुत गरेका छन्।

पुस्तकका समालोचक पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले पुस्तकमा नेपालको पर्यटन क्षेत्र, कलाकारिता र आर्थिक सम्बृद्धिको भिजन र मिसनसहितको प्रेसक्रिप्सन रहेको बताए । लेखक सिम्खडाले पुस्तकले युवा पलायन नभएर चलायमान गराउन र पर्यटनबाट मुलुकलाई समृद्ध बनाउन सहयोग पु¥याउने दाबी गरे। 

‘पुस्तकमा मैले सम्भावनाका बाटो पहिलाएको छु,’ उनले भने, ‘त्यसैले युवा पलायनभन्दा चलायमान हुन पुस्तक सहयोगी छ ।’ आफू सिर्जनात्मक सोचको युवा उद्यमी भएकाले पुस्तकमा पनि उद्यम गर्न सिकाउने विषयलाई उठान गरेको सिम्खडाले बताए।

 

प्रकाशित: ३० वैशाख २०७५ ०५:२६ आइतबार

राजनको हिँडे पुगिन्छ