७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

इन्डोनेसियाका विभिन्न चर्चमा आतंककारी हमला, नौ जनाको मृत्यु

सुराबिया – इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा रहेका तीन वटा चर्चमा आतंककारी हमला भएको छ। 

ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका नौ जनाको ज्यान गएको प्रहरीले जनाएको छ। आतंककारीहरुले गरेको बम विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन्। 

आइतबारको प्रार्थनाका क्रममा ती व्यक्ति मारिएका हुन्। आइतबार बिहान ती तीनवटा चर्चमा छुट्टाछुट्टै हमला भएको थियो । हमलामा परी ४० जना घाइते भएका बताइएको छ। 

बम विस्फोट निकै शक्तिशाली रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको अवस्था गम्भीर रहेको र मृत्यु हुनेको संख्या बढ्न पनि सक्ने अनुमान गरिएको प्रहरीको भनाई छ । 

इन्डोनेसिया सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको देश हो । यहाँका मुस्लिमहरुले समय समयमा चर्चमा हमला गर्ने गरेका छन्। 

इन्डोनेसियाका मुस्लिमले यसै हप्ता रमादान व्रत बस्ने तयारी गरिरहेका छन् । त्यसको पूर्व सन्ध्यामा यसरी चर्चमा हमला भएको छ। 

रमादानको यस पूर्व सन्ध्यामा आतंककारी हमला हुनसक्ने अनुमानका साथ सरकारले उच्च सुरक्षा सतर्कता अपनाइएको बताएको थियो। 

आइतबार बिहान साढे सात बजेतिर एकै समयमा आतंककारीहरुले तीनवटा चर्चमा हमला गरेका थिए। सरकारले आइएसको सम्भावित हमलाको लागि सुरक्षा सतर्कता अपनाएको समयमा यसरी हमला गरेका हुन्। 

यस हमलाको जिम्मेवारी अहिलेसम्म पनि कसैले लिएको छैन। तर प्रहरीले यहाँका अतिवादी मुस्लिमबाटै यस्तो काम भएको हुनसक्ने अनुमान गरेको छ। 

तीनमध्ये एक चर्चमा आत्मघाती हमला भएको थियो। सो हमलामा परी एकै स्थानमा पाँच जनाको ज्यान गएको थियो। 

मुस्लिम अतिवादीहरुले आइतबारको प्रार्थनाको समयमा यस्तो आक्रमणको योजना बनाएको प्रहरीले जनाएको छ। चर्चहरुमा सुरक्षाको राम्रो प्रबन्ध भए पनि आत्मघातीले हमला गरेको बताइएको छ। 

प्रकाशित: ३० वैशाख २०७५ ०७:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App