७ वैशाख २०८१ शुक्रबार
अर्थ

गोर्खा बियरलाई म्याड ओभर मार्केटिङको साथ

काठमाडौं – नेपालको गोर्खा बियरको मिनिमल प्रिन्ट क्याम्पियनलाई भारतको प्रमुख अनलाइन मार्केटिङ वेभसाइट म्याड ओभर मार्केटिङ (एम.ओ.एम) ले “हामी गोर्खाली” लाई अनलाइन अवसरका रुपमा स्थान दिएको छ।

गोर्खाको नयाँ क्याम्पियनमा “हामी गोर्खाली” भन्ने वाक्यांशलाई मुख्य सन्देश बनाइएको छ,जसले हरेक नेपालीको मन छुन्छ। यो विषयलाई खुकुरीको छाँयाकृतिले प्रतिविम्भित गर्नुका साथै गोर्खा बियर बोटलको छाँयाले बनाएको ब्याकड्रपले ब्राण्डको आफ्नै मूल मान्यतालाई दर्शाउँछ।

गोर्खा बियरको क्याम्पियनको प्रशंसा गर्दै म्याड ओभर मार्केटिङ (एम.ओ.एम)ले भनेका छन्, “यो क्याम्पियनले गोर्खा बियरको मुख्य ब्राण्ड भ्याल्युलाई निकै राम्रो तरिकाले अभिव्यक्त गरेको छ। गोर्खा बियरलाई वास्तविक गोर्खालीको साहससँग आवद्ध गरेर गोर्खा बियरले फेरि एक पटक सही ठाउँमा निशाना लगाउन सफल भएको छ।”

सामाजिक सञ्जालको रुपमा निरन्तर अर्थपूर्ण मार्केटिङ र उपायहरु दिएका कारण म्याड ओभर मार्केटिङ (एम.ओ.एम) लाई विश्वभरीनै मानिसहरूले रुचाउने गरेका छन्। 

प्रकाशित: ३० वैशाख २०७५ ०७:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App