४ वैशाख २०८१ मंगलबार
खेल

यसरी सुरु भयो प्रथम सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिता (फोटो फिचर)

प्रथम सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उद्घाटन।

रोल्पा – सर्वाधिक पुरस्कार राशिको प्रथम सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता शनिबारबाट रोल्पाको सदरमुकाम लिबाङमा सुरु भएको छ। राष्ट्रिय खेलकुद परिषदको आयोनामा संचालन भएको प्रथम सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिता २ गते सम्म चल्नेछ। 

‘लिगकम नकआउट’का आधारमा हुने प्रतियोगितामा ७ प्रदेशबाट महिला पुरुष ७–७ गरि १४ टिम र ३ विभागीय टिमबाट महिला पुरुष ३–३ गरि ६ टिमको सहभागिता रहने छ। दुवैका विजेताले समान ३–३ लाख रुपैयाँ पुरस्कार जित्नेछन। उपविजेताले २–२ लाख तथा तेस्रो हुनेले १–१ लाख प्राप्त गर्नेछन्। प्रतियोगिताको कुल खर्च ५५ लाख रुपैयाँ रहने बताइएको छ।

१० टिम पुरुष र १० टिम महिला गरि २० टिमको सहभागिता रहने प्रतियोगिताको उद्घाटन सभामुख कृष्णबहादुर महराले गरेका हुन। उपसभामुख शिबमायाँ तुम्बाहाम्फे सहित रोल्पा आएका सभामुख महराले खेल क्षेत्रको विकासमा भ्यान दिनु पर्ने बताए।

उनले भने ‘देश समृद्धिका लागि खेल क्षेत्रको पनि विकास हुनु जरुरी छ।’ कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार बिष्टले सरकारले खेलक्षेत्रमा ध्यान दिनुपर्ने बताए।

प्रथम सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उद्घाटन।
प्रथम सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उद्घाटन।
प्रथम सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उद्घाटन।
प्रथम सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उद्घाटन।
प्रथम सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उद्घाटन।
प्रथम सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उद्घाटन।
प्रथम सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उद्घाटन।
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App