coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ज्यान मुद्दामा फरार १७ बर्षपछि पक्राउ

पाँचथर– कर्तव्य ज्यान मुद्दामा फरारको सूचीमा रहेका ७४ बर्षीय एक वृद्ध घटना भएको १७ बर्षपछि पक्राउ परेका छन्। फरारको सूचीमा रहेका तुमेवा गाउँपालिका–५ हाङगुमका धनबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ परेका श्रेष्ठ कैद भुक्तानका लागि जेल चलान भएका छन्। घरमै लुकेर बसेको गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। 

हाङगुमकै सन्तबहादुर तामाङको हत्या गरी घर गोठमा आगोसमेत लगाएको आरोपमा जिल्ला अदालत पाँचथरले श्रेष्ठलाई दोषी ठहराएको थियो। २०५८ साल मंसिर १६ गते उनले घटना घटाएको प्रहरीले जनाएको छ। अदालतले श्रेष्ठविरुद्ध १९ बर्ष ५ महिना २५ दिन सजायको फैसला गरेको थियो। 

प्रकाशित: ३० वैशाख २०७५ १३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App