coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अनुप स्मृति गोल्डकप : नेर्पा र बुईपा फाइनल प्रवेश

खोटाङ– खोटाङमा जारी ३ लाख १६ हजार ६६६ धनराशीको अनुप स्मृति गोल्डकपमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र बुईपा सेवा समाज बुईपा फाइनल प्रबेश गरेको छ।

आइतबार दिक्तेलको माटिकोरे खेलमैदानमा भएको सेमीफाइनल खेलमा भोजपुर नगरपालिकालाई हराउँदै नेर्पा तथा काठ्माण्डौंको फ्रेण्डसीप यातायात सेवालाई हराउँदै बुईपा सेवा समाज फाइनलमा पुगेको हो।

नेर्पाले भोजपुर नगरपालिकालाई २ का बिरुद्ध ३ गोल गरेको थियो। यस्तै, बुईपा सेवा समाजले फ्रेण्डसीप यातायातलाई ० का बिरुद्ध १ गोल गर्दै फाइनलको यात्रा तय गरेको हो। नेर्पाले भोजपुर नगरपालिकाको खेल रोचक बनेको थियो। 

सेमीफाइनल खेलमा हार भएसँगै भोजपुर नगरपालिका र फ्रेण्डसीप यातायात सेमीफाइनसिष्टमा खुम्चिएका छन्। फ्रेण्डसीपले ‘ए’ डिभिजन खेलिसकेका राजकुमार घिसिङसँगै बिदेशी खेलाडी बबी अवाला र सेगुन इवाईलाई मैदानमा उतारेको थियो। अनुप स्मृति गोल्डकपको बिजेता र उपबिजेताका लागि सोमबार दिउँसो १ बजेपछि खेल हुने प्रतियोगिताका सहसंयोजक एबं दिक्तेल फुटबल क्लवका अध्यक्ष सगुन ताम्राकारले बताए। 

२०६९ साल जेठ १ गते ट्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका छात्र अनुप राईको स्मृतिमा दिक्तेल फुटबल क्लव र माउण्ट एभरेष्ट बोर्डिङ स्कुलले गोल्डकप आयोजना गरेको हो। 

१२ टिमले प्रतिष्पर्धा गरेको प्रतियोगीताका बिजेताले नगद १ लाख ५१ हजार १११, उपबिजेता टिमले नगद ७५ हजार ५५५ र दुई सेमीफाईनलिस्टले नगद २५÷२५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।

यस्तै, उत्कृष्ट डिफन्डर, गोलकिपर, मिडफिल्डर, स्ट्राईकर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, अनुशासित टिम, मेन अफ द टुर्नामेन्ट लगायत ८ बिद्यालाई जनही ५ हजारका दरले पुरस्कारको व्यवस्था गरिएको प्रतियोगीताका संयोजक एबं माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका प्रिन्सिपल सागर जोशीले बताए। 

प्रकाशित: ३० वैशाख २०७५ १३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App