८ वैशाख २०८१ शनिबार
खेल

आइपीएल : हैदरावादविरुद्ध चेन्नईको सानदार जित, रायडूको शतक

मुम्बई– एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादविरुद्ध ८ विकेटको जित निकालेको छ।

महाराष्ट्र क्रिकेट एशोसियसन स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७९ रन बनाएको थियो। १८० रनको विजय लक्ष्य पछ्याएको चेन्नईले ६ बल बाँकी छँदै २ विकेटको क्षतिमा पूरा गर्यो।

चेन्नईको जितमा अम्बाती रायडूले शतक प्रहार गरे। ७ चौका र ७ छक्का प्रहार गरेका उनले ६२ बलमा १०० रन बनाए। सेन वाट्सनले ५ चौका र ३ छक्कासहित ५७ रन जोडे। कप्तान महेन्द्रसिंह धोनी २० रनमा अविजित रहे।

बलिङतर्फ हैदरावादका सन्दिप शर्माले १ विकेट लिए।

यसअघि टस हारेर व्याटिङ्गको निम्तो पाएको हैदरावादले १७९ रनको स्कोर खडा गर्यो। हैदरावादका लागि शिखर धवनले ७९ रन बनाए। ४९ बलमा १० चौका ३ छक्का प्रहार गरे। केन विलम्सनले ३९ बल खेल्दै अर्धशतक प्रहार गरे। ५ चौका र २ छक्का प्रहार गरेका उनले ५१ रन जोडे। दीपक हुड्डा २१ मा अविजित रहे।  

बलिङतर्फ श्रदुल ठाकुरले २ विकेट लिए। दीपक चहर र ड्वेन ब्राभोले १–१ विकेट झारे। 

प्रकाशित: ३० वैशाख २०७५ १३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App