८ वैशाख २०८१ शनिबार
राजनीति

एनजिओ, आईएनजिओलाई जनपरिषदमा दर्ता गर्न नेकपाको उर्दी

नेपाल कम्युनिष्ट पार्टी निकट जनपरिषदले प्रकाशन गरेको विज्ञप्ति । तस्बिर : नागरिक

खोटाङ– नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी निकट जनपरिषद् नेपाल खोटाङले जिल्लामा भित्रिएका एनजिओ, आईएनजिओ लगायतलाई जनपरिषद्मा दर्ता गर्न उर्दी गरेको छ। 

जिल्ला जनपरिषद् नेपाल खोटाङका प्रमुख ज्वालाको नाममा शनिबार जारी विज्ञप्तीमा परियोजना सञ्चालनका क्रममा भित्रिएका एनजिओ, आईएनजिओ तथा विकास निर्माणका लागि भित्र्याइएका डोजर र स्काभेटरलाई समेत जनपरिषद्मा दर्ता गर्न उर्दी गरेको हो। 

जनपरिषद्ले १० दिनभित्र अर्थात जेठ ८ गतेभित्र आवश्यक कागजात एबं तोकिएको मापदण्ड सहित डोजर, स्काभेटर, एनजिओ, आईएनजिओलाई जनपरिषदमा दर्ता गर्न भनेको छ। विज्ञाप्तीमा आवश्यक कागजात एबं तोकिएको मापदण्ड भने उल्लेख गरिएको छैन्। जनपरिषदले अन्यथा पर्न गए जसको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने चेतावनी दिएको छ। 

प्रकाशित: ३० वैशाख २०७५ १४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App