७ वैशाख २०८१ शुक्रबार
खेल

रमपम उदयपुर गोल्डकप : मनाङद्वारा उदयपुर पराजित

त्रियुगाका मेयर बलदेव चौधरी म्यान अफ द म्याचको पुरस्कार प्रदान गर्दै । तस्विर : नागरिक

उदयपुर– उदयपुरमा जारी ‘पाँचौ रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिता ०७५’ मा ए डिभिजन टिम मनाङ मर्स्याङ्दी क्लब काठमाडाैं सेमिफाईनल प्रवेश गरेको छ। आइतबारको खेलमा घरेलु टिम उदयपुर ११ लाई १–० को गोल अन्तरले पराजित गर्दै मनाङ सेमिफाइनलको दावेदार हुन पुगेको हो। 

मध्यान्तरअघिको ४५ मिनट समय दुवैपक्षबाट गोलरहित टुंगिएको थियो। मध्यान्तरपछिको ३८ औं मिनटमा मनाङका खेलाडी विमल रानाले गरेको पहिलो गोल नै निर्णायक हुन पुग्यो। यसअघि मनाङबाट आधा दर्जन चोट र उदयपुरबाट ३ पटक पटक गोलको प्रयास भए पनि सफलता दुवैलाई प्राप्त भएन।

घरेलु टिमसँग ए डिभिजन टोलीको प्रतिस्पर्धा हुने भएकाले आकर्षक खेलको अपेक्षा लिएका स्थानीय दर्शकले खचाखच भरिएको थरुहट–उदयुर रंगशाला सोँचे अनुसार नपाएपछि उत्साहित हुन सकेनन्। अब्बल खेल प्रदर्शन नगरेको देख्दा मनाङले दोस्रोस्तरका खेलाडी मात्र मैदानमा उतारेको लख स्थानीय खेलाडीप्रति नजरअन्दाज गरेको काट्न सकिन्थ्यो। यता आयोजकले भने राष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले ‘स्यालको शिकार गर्न बाघको खजाना’ लिएर मैदान उतारको थियो। जसको प्रभाव अन्तिम समयमा मात्र १ गोल लिएर मनाङले विजयीको खाता खोल्न सक्यो। 

आइतबारको खेलमा म्यान अफ द म्याचको उपाधि उदयपुरका रेम्बो चौधरीले पाए। उनलाई सहप्रायोजक त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी र मूल आयोजक अध्यक्ष किरण राईले संयुक्त रुपमा ७ हजार नगद र प्रमाणपत्र प्रदान गरे । सोमबार अर्को ए डिभिजन टिम थ्रीस्टार र मोरङ ११ बीच प्रतिस्पर्धा हुने प्रतियोगिता खेल संयोजक एन्फा उदयपुरका अध्यक्ष रञ्जन कार्कीले बताए।

आउँदो ५ गतेसम्म सञ्चालन हुने गोल्डकपको विजेतालाई ५ लाख र ट्रफि पुरस्कार प्रदान गरिने छ। उपविजेता टिमले ३ लाख पाउनेछ। त्यस्तै प्रतियोगितामा बिभिन्न विधागत पुरस्कार पनि प्रदान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। 

प्रकाशित: ३० वैशाख २०७५ १५:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App