८ वैशाख २०८१ शनिबार
खेल

आइपीएल : घरेलु मैदानमा मुम्बईले बनायो १६८ रन, राजस्थान दबाबमा

मुम्बई– एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई १६९ रनको विजय लक्ष्य दिएको छ।

घरेलु मैदान वानखेडे स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायो। मुम्बईका लागि इभन लुइसले सर्वाधिक ६० रनको पारी खेले। ४२ रनमा ४ चौका र ४ छक्का उनले प्रहार गरे। सूर्यकुमार यादवले ७ चौकासहित ३८ रन जोडे। हार्दिक पाण्ड्याले ३ चौका र २ छक्कासहित ३६ रन बनाए। 

बलिङतर्फ बेन स्टोक्स र जोफ्रा आर्चरले २–२ विकेट लिए। जयदेव उनादकट र धवल कुलकर्णीले १–१ विकेट लिए।

प्रकाशित: ३० वैशाख २०७५ १६:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App