८ वैशाख २०८१ शनिबार
अर्थ

दोर्दीमा जनता बैंक

काठमाडौं– जनता बैंक दोर्दी शाखाको प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुव्बा गुरुङले उद्घाटन गरेका छन् । मुख्यमन्त्री गुरुङले सरकारको प्रत्येक गाउँपालिकामा बैंक शाखा पु¥याउने नीतिअनुरुप दोर्दीमा जनता बैंकको शाखा स्थापना भएकोमा खुशी व्यक्त गरे।

बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले देशको ग्रामीण तहसम्मका जनताको पहुँचमा बैंकिङ सेवा पुर्याउने लक्ष्यअनुसार शाखा खोलिएको जानकारी दिए । उक्त शाखाबाट आधुनिक बैंकिङ सुविधा लिई जीवनस्तर सहज बनाउन सहयोग पुग्ने उनले बताए । शाखा उद्घाटनकै अवसरमा दोर्दी गाउँपालिका परिसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: ३१ वैशाख २०७५ ०१:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App