coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

रसुवागढी नाका जोड्ने सडकमा पहिरो गएपछि यातायात ठप्प

स्याफ्रु–रसुवागढी सडक खण्डको स्याफ्रुबेशीमा गएको पहिरोले भासिएको सडक

रसुवा - अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकखण्डमा पहिरो गएपछि यातायात सञ्चालन रोकिएको छ ।
आइतबार दिउँसो १ बजेतिर जिल्लाको स्याफ्रुबेँशीमा पहिरो गएपछि यातायात सञ्चालन रोकिएको हो । मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको २० मेगावटको लाङटाङखोला जलविद्युत आयोजना निर्माणस्थलमा सडक खन्ने क्रममा पहिरो गएको हो।

जलविद्युत आयोजना निर्माण गर्दा डिभजन सडक कार्यालय नुवाकोटसँग समन्वय नभएको डिभिजन प्रमुख निरज शाक्यले बताए । पहिरोले सडक भासिँएर तलतिर पुर्याएको छ ।सडक अवरुद्ध भएपछि डेड सय भन्दा बढी साना ठुला गाडी बिच बाटोमै रोकिएका छन् । सडक सञ्चालनका लागि सडक मर्मत तथा निर्माणको कार्य अघि बढाइएको छ।

रसुवागढी नाका जोड्ने धुन्चे स्याफ्रुबेँशी टिमुरे सडकखण्ड अन्तरगत स्याफ्रुबेँशीमा सुख्खा पहिरो गएको चिलिमे जलविद्युत आयोजनाका गोकर्ण बहादुर न्यौपानेले बताए । ‘दिउँसो १ बजे पहिरो गएको हो, न्यौपानेले भने, अहिले सडक खुलाउने प्रयास भइरहेको छ ।’पहिरोको कारण अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको प्रहरी नायव उपरिक्षक सरत कुमार थापा क्षेत्रीले बताए । ‘सडक खुलाउनका लागि स्काभेटर ल्याएर काम सुरु भएको छ, प्रहरी नायव उपरिक्षक क्षेत्रीले भने, सडक खुलाउनका लागि हामी समन्वय गरिरहेका छौँ ।’

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन् ।चीनले अन्तराष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।


 

प्रकाशित: ३१ वैशाख २०७५ ०१:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App