coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

सञ्जालमा सन्दीपको चर्चा

काष्ठमण्डप - नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने केही महिनाअघि इन्डियन क्रिकेट लिग (आइपिएल)का लागि भारतको दिल्ली डेयरडेभिल्ससँग अनुबन्धित भएपछि उनको चर्चा चुलियो । उनको चर्चा चल्नुको कारण थियो– आइपिएलमा खेल्ने पहिलो नेपाली खेलाडी हुनु।

उनले शनिबार राति विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलबाट आइपिएलमा डेब्यु गरे । त्यससँगै सामाजिक सञ्जालमा उनको चर्चा झनै बढ्यो । दिउँसो राष्ट्रिय सभागृहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन्दीप लामिछानेको नाम लिएपछि सुरु भएको उनको चर्चा आइतबार दिनभरसम्मै चलिरह्यो । उनको नाम नै ट्विटरको ह्यासट्यागको रूपमा ट्रेन्डिङ भयो ।

दिल्ली डेयरडेभिल्सले सन्दीपलाई मैदानमा उतार्ने खबर आएपछि शनिबारको खेल धेरै नेपालीहरूका लागि प्रतिक्षित खेल थियो । रातिसम्मै बसेर टेलिभिजन र अनलाइनमा नेपाली दर्शकहरूले शनिबारको खेल हेर्दै ट्विट गरेका थिए ।
पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका नेता डा. बाबुराम भट्टराईले सन्दीपले पहिलो विकेट लिनासाथ ट्विट गरे, ‘आइपिएलमा पहिलो विकेटका लागि सन्दीप लामिछानेलाई बधाई । हामी गर्व गर्छौं ।’

नागरिक अभियन्ता तथा पूर्वप्रशासक देवेन्द्रराज पाण्डेले ह्यासट्याग सन्दीप लामिछाने प्रयोग गर्दै ट्विट गरे, ‘दिल्ली डेयरडेभिल्सका थिंक ट्यांकलाई किन सन्दीप लामिछानेलाई अघिल्ला खेलमा खेलाइएन भनेर पछुतो लागिरहेको होला ।’लक्ष्मी श्रेष्ठले पनि सन्दीपको आइपिएल म्याचमा डेब्युको बारेमा ह्यासट्याग सन्दीप लामिछाने प्रयोग गर्दै ट्विट गरिन्, ‘सन्दीप लामिछानेले डेब्यु गरेको दिन सबै नेपालीहरू गौरवान्वित भएका छन् । जहाँबाट मैदानमा आएको भए पनि हामी तिमीसँगै छौं । सक्दो राम्रो गर ।’

दिउँसो राष्ट्रिय सभागृहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन्दीप लामिछानेको नाम लिएपछि सुरु भएको उनको चर्चा आइतबार दिनभरसम्मै चलिरह्यो । उनको नाम नै ट्विटरको ह्यासट्यागको रूपमा ट्रेन्डिङ भयो ।

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता शंकर दाहालले ह्यासट्याग सन्दिप लामिछाने प्रयोग गर्दै ट्विट गरेका छन्, ‘सन्दीपको चामत्कारिक खेललाई सबैले (राजनीतिक पार्टीका नेताहरूलगायत) वाहवाही गरिरहेका छन् । तर, लाखौं सन्दीपहरूले खेल्ने मैदान क्रिकेट, फुटबललाई भने राजनीतिक स्वार्थमा खेल्ने मैदान बनिरहेको छ । दुःखद् । अवस्था सुधार होस् ।’
भारतीय नागरिक अभिषेक मिश्रले सन्दीप लामिछानेको सन्दर्भ र ह्यासट्याग प्रयोग गर्दै ट्विट गरेका छन्, ‘हामी भारतीयहरूले सधैं नेपाललाई माया दिइरहेका छौं । र, उनीहरूले सधैं हाम्रो आलोचना गर्छन् । नराम्रो ।’

सुविर थापाको ट्विट छ, ‘सन्दिप लामिछानेले विकेट लिँदा पूरा नेपाल उफ्रियो । नेपालले वल्र्डकप खेल्दा कस्तो हुने होला भनेर म सोचमग्न छु ।’त्यस्तै, बरुण घिमिरेले कहिले आइपिएलको खेललाई नपछ्याएको भन्दै ह्यासट्याग सन्दीप लामिछाने प्रयोग गर्दै ट्विट गरेका छन्, ‘म आइपिएल फलो गर्दिनँ । तर, आज सन्दीप लामिछानेको खेलका लागि हेर्दैछु । उनले कोहलीको विकेट लिउन् भन्ने प्रार्थना गर्छु । यो नेपालका हजारौं बालबालिकाको सपना पनि हो ।’

प्रकाशित: ३१ वैशाख २०७५ ०२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App