coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

रोजेकै स्कुलमा सोनिश

एभरेस्ट इंगलिश स्कुल, मिवाछें भक्तपुरमा भर्ना पाएपछि स्कुल प्रांगणमा आमा रश्मिला अवालका साथ सोनिश । साथमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, प्रिन्सिपल भक्त राजभण्डारीलगायत ।

गएको भूकम्पमा घरको भग्नावशेषबाट २२ घन्टापछि उद्धार गरिएका सोनिश अवाल अभिभावकले रोजेकै स्कुलमा पढ्न पाउने भएका छन् । गत वैशाख २० गते नागरिक दैनिकमा ‘स्कुल जान थाले भूकम्पमा बचेका सोनिश’ शीर्षकमा समाचार प्रकाशित भएपछि उनी रोजेकै स्कुलमा पढ्न पाउने भएका हुन् । उनलाई भक्तपुर, मिवाछेंस्थित एभरेस्ट इंगलिस स्कुलले निःशुल्क पढाउने घोषणा गर्दै कक्षा नर्सरीमा भर्ना गरेको हो ।

परिवारको आर्थिक अवस्था जानकारी पाएपछि सोनिशलाई निःशुल्क पढाउने निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । समिति अध्यक्ष रामगोपाल कर्माचार्यले समाचार पढेपछि परिवारको आर्थिक अवस्था र अभिभावकको चाहनाबारे जानकारी पाएको बताए।

‘विद्यालयमा सरसल्लाह गरी सोनिशलाई निःशुल्क भर्ना लिने निर्णय गरेका हौं,’ उनले सुनाए । विद्यालयका प्रिन्सिपल भक्त राजभण्डारीले सोनिशलाई कक्षा ५ सम्म निःशुल्क पढाइदिने विश्वास दिलाए ।आफूले चाहेकै स्कुलमा भर्ना गर्न पाएकोमा उनकी आमा रश्मिला दंग छिन् । ‘नसोचोकै काम एउटा समाचारले मिलाइदियो,’ नागरिकसँग कृतज्ञता व्यक्त गर्दै उनले भनिन्, ‘यसका लागि नागरिक दैनिक र यसका परिवारलाई विशेष धन्यवाद ।’

परिवारको आर्थिक अवस्था जानकारी पाएपछि सोनिशलाई निःशुल्क पढाउने निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । समिति अध्यक्ष रामगोपाल कर्माचार्यले समाचार पढेपछि परिवारको आर्थिक अवस्था र अभिभावकको चाहनाबारे जानकारी पाएको बताए । ‘विद्यालयमा सरसल्लाह गरी सोनिशलाई निःशुल्क भर्ना लिने निर्णय गरेका हौं,’ उनले सुनाए।
 

एभरेस्ट भक्तपुरको चर्चित स्कुल हो ।२०७१ मंसिर २९ गते जन्मेका सोनिश यसअघि भक्तपुर नगरपालिका– २, व्यासीस्थित एक्टिभ इन्सट्रक्सनल मोडेल स्कुलमा कक्षा नर्सरीमा भर्ना भएका थिए । २०७२ वैशाख १२ गतेको भूकम्पमा घर भत्केर भित्रै पुरिएका सोनिशलाई नेपाली सेनाले २२ घन्टापछि उद्धार गरेका थियो।

 

प्रकाशित: ३१ वैशाख २०७५ ०२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App