७ वैशाख २०८१ शुक्रबार
खेल

विभागीय टोली हाबी

रोल्पा – प्रदेश नम्बर ७ का महिला र पुरुष दुवै टोली रोल्पामा जारी सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएका छन्। आइबारै सम्पन्न अन्य खेलमा पनि पुरुषतर्फ प्रदेश नम्बर ३ र महिलाको प्रदेश नम्बर ४ का टिम पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए।

बेग्लाबेग्लै खेलमा आआफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै पुरुषतर्फ प्रदेश नम्बर ५, प्रदेश नम्बर ४, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले क्वार्टरफाइनलमा स्थान बनाए। अन्तिम आठमा प्रवेश गर्ने क्रममा प्रदेश नम्बर ५ ले प्रदेश नम्बर ३ लाई २५–१४, २५–१८, २३–२५, २५–१९ को सेटमा पराजित ग-यो भने प्रदेश नम्बर ४ ले प्र्र्रदेश नम्बर ७ लाई २५–१४, २५–१६, २५–१४ को सोझो सेटमा पराजित ग-यो। यस्तै विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर ५ लाई २९–२७, २५–१७, २५–१५ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गर्दा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश नम्बर ४ लाई २५–२३, २५–१६, २५–१८ को सोझो सेटमा पाखा लगायो।

महिलातर्फको खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश ४ लाई २५–१२, २५–८, २०–२५, २५–१२ को सेटमा पराजित गर्दा, प्रदेश नम्बर ३ ले प्रदेश ७ लाई २५–२३, २५–२१, २५–१८ को सोझो सेटमा पराजित ग-यो। यस्तै, अर्को खेलमा एपिएपफले त्रिभुवन आर्मीलाई २५–१३, २५–१८, २५–११ को सोझो सेटमा पराजित गर्दा पुलिसले प्रदेश नम्बर ३ लाई २५–७, २५–१०, २५–८ को सेटमा हरायो।

प्रकाशित: ३१ वैशाख २०७५ ०३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App