५ वैशाख २०८१ बुधबार
कला

क्रिकेट मैदान बनाउन एक लाख

काठमाडौं – हास्य कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को संस्था धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणार्थ डिभा बुटिकले १ लाख ११ हजार १ सय ११ रुपैंयाँ सहयोग गरेको छ ।

ललितपुरको मानभवनमा आइतबारबाट सञ्चालनमा आएको डिभा बुटिक (जेडी कलेक्सन्)को शुभारम्भ कार्यक्रममा फाउन्डेसनलाई उक्त रकम सहयोग प्राप्त भएको हो । बुटिककी सञ्चालिका तथा फेसन डिजाइनर जेनी श्रेष्ठले सिताराम र कुञ्जनालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी थिइन्।

कार्यक्रममा सितारामले व्यावसायिकसँगै सामाजिक काममा सहयोग गर्नु खुसीको कुरा भएको बताए । ‘अन्तर्राष्ट्रिय गुणस्तरका डिजाइन र पहिरन एकै थलोमा सुपथ मूल्यमा पाउँदा फेसन पारखीका लागि डिभा फेसन हबको रुपमा स्थापित होस् भन्ने चाहन्छु,’उनले भने,‘डेढ वर्षभित्र अन्तर्राष्ट्रिय खेल मैदान निर्माण गर्ने हाम्रो योजनामा यस्तो सहयोगले महत्वपूर्ण काम गर्नेछ ।’त्यस्तै कुञ्जनाले व्यवसायसँगै सामाजिक काममा पनि सहयोग गर्ने डिभाले आउँदा दिनमा पनि यस्तो सामाजिक कार्य गर्दै जाने विश्वास व्यक्त गरिन्।

एक दशकदेखि फेसन डिजाईनमा सक्रिय जेनी र पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले डिभा बुटिक सुरु गरेका हुन् । जेनीको यो दोस्रो बुटिक हो । डिभाबाट जेनीले बुटिकका युनिक पिस तथा अन्तर्राष्ट्रिय कलेक्सन फेसन र सदिक्षाले कस्मेटिक सामग्री ग्राहकलाई उपलब्ध गराउनेछन् ।जेनीले आफ्नो बुटिकबाट युवती तथा महिलाहरूले फेसनदेखि सौन्दर्य सामग्रीको खरिद गर्न सक्ने बताइन् । सदिक्षाले थाईल्यान्डमा एमबिए अध्ययनका क्रममा आफूले सिभाना कलर्सका मेकअप सामग्री प्रयोग गरेको र यसले राम्रो नतिजा दिएपछि नेपालमा व्यावसायिक विक्री वितरण र सेवा सुरु गरेको बताइन् ।

 

प्रकाशित: ३१ वैशाख २०७५ ०३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App