coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आजदेखि नेपाल लोडसेडिङ मुक्त देश

काठमाडौँ –  १५ वर्षपछि नेपाल लोडसेडिङ मुक्त देश भएको छ । नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि देशभर लोडसेडिङ अन्त्य भएको दाबी गरेको छ। 

प्राधिकरणले  औद्योगिक क्षेत्रमा गर्दै आएको तीनघण्टे लोडसेडिङ आजबाट अन्त्य गरेको भन्दै आजबाट मुलुक लोडसेडिङमुक्त भएको घोषणा गरेको छ। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार खोला र नदीमा पानीको वहाव बढेसँगै रन अफ रिभर आयोजनाको उत्पादन बढेको,  संरचनागत सुधार र अपुग विद्युत भारतबाट आयात गरेकाले १५ वर्षपछि लोडसेडिङ अन्त्य भएको हो। 

दैनिक १८ घण्टासम्म पुगेको लोडसेडिङ प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि घटेको थियो। सन् २००३ देखि सुरु भएको लोडसेडिङ २०७३ सालको तिहारबाट काठमाडौँ लगायतका मुख्य शहरमा अन्त्य गरिएको थियो। 

शहरमा लोडसेडिङ नभएपनि औद्योगिक क्षेत्रमा भने दैनिक तीन घण्टा लोडसेडिङ हुने गरेको थियो। 

 

प्रकाशित: ३१ वैशाख २०७५ ०३:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App