७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

महाथिरद्वारा ‘झूटा समाचार’ कानूनबारे समिक्षा गर्ने प्रतिवद्धता

क्वालालम्पुर -अघिल्लो सरकारद्वारा निर्वाचनका समय हतारमा ल्याएको विवादास्पद ‘झूटा समाचार’ कानूनबारे समिक्षा गर्ने मलेसियाका नयाँ प्रधानमन्त्री महाथिर मोहमदले प्रतिवद्धता जनाएका  छन्।

अप्रिलको शुरूतिर मलेसियाली पूर्व नेतृत्वले ‘गलत सूचनालाई फैलाउने अभिप्रायले दिइने समाचार अर्थात् ‘फर्जी खबर’ छाप्ने वा प्रशारण गर्ने व्यक्ति वा संस्थालाई भारी जरीवानासहित छ वर्षसम्मको सजायँ’ हुने कानूनलाई पास गरेको थियो भने विपक्षीको विचारलाई नियन्त्रण गर्ने उद्देश्यबाट अभिप्रेरित कानून भन्दै यसको मानव अधिकारवादी समूहबाट व्यापक आलोचना हुँदै आएको छ ।मलेसियामा विगत ६१ वर्ष सत्ता चलाएकको पूर्व प्रधानमन्त्री नाजिव रजाकको ‘बारिसन नेशनल कोलिसन’ ले विपक्षीको आवाज नियन्त्रण गर्ने उद्देश्यबाट उक्त कानून आएको भन्दै मुलुकभर विरोधका स्वर गुन्जिएका थिए।

मलेसियाको प्रधानमन्त्रीका रूपमा २२ वर्ष शासन गरी मलेसियाको विकासमा उल्लेख्य योगदान पुर्याई सन् २००३ मा नेतृत्व छोडेपनि ९३ वर्षको उमेरमा हालै पुन प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री महाथिरले ‘फर्जी समाचार’ कानूनलाई समीक्षा गरी प्रष्टरूपमा परिभाषित गरिने बताएका हुन् । उनले भने, “फर्जी समाचार कानूनलाई थप परिभाषित गरी प्रष्ट बनाइने छ।”

“जनता र सञ्चारमाध्यमले के फर्जी समाचार हो र के होइन बुझ्ने गरी परिभाषित गर्ने पहल मैले लिनेछु,” प्रधानमन्त्री महाथिरले राष्ट्रिय टेलिभिजनमार्फत देशबासीलाई गरेको सम्बोधनमा भने ।सही समाचारले सरकारलाई असहज गर्ने भएपनि आँफूले प्रेसमाथि कुनै नियन्त्रण नगर्ने र पूर्ण प्रेस स्वतन्त्रताका लागि सहयोग गर्ने उनले सम्बोधनमा बताए।

उनले भने, “हामी प्रेस स्वतन्त्रता वा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा काम गर्ने छौँ तर सवैको सीमा त रहन्छ नै।”
मलेसियामा ‘झूटा समाचार’ कानून कार्यान्वयनका कारण अहिलेसम्म एक डेनिस नागरिकलाई एक हप्ता सुरक्षा नियन्त्रणमा राखिएको थियो । प्यालेष्टिनी हमास समूहका सदस्यलाई क्वालालाम्पुरमा गोली हानी हत्या गरेको समाचारलाई लिएर उनीमाथि कारबाही भएको थियो।मलेसियालाई सन् २०१८ मा विश्व प्रेस स्वतन्त्रता सूचिमा सुचिकृत १८० मुलुकमध्ये १४५ औँ स्थानमा राखिएको छ।रासस

 

प्रकाशित: ३१ वैशाख २०७५ ०५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App