६ वैशाख २०८१ बिहीबार
खेल

पल्सर स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक, क्रिकेटको वर्चश्व

काठमाडौँ – नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस् अवार्ड २०७४ अन्तर्गत चार विधामा मनोनयन सार्वजनिक गरेको छ। 

मञ्चले सोमबार सार्वजनिक गरेको मनोनयनमा क्रिकेटको खेलाडीहरूको वर्चश्व रहेको छ । चार विधामा क्रिकेटका छ जना मनोनयनमा परेका छन्।  

वर्ष पुरुष खेलाडीमा क्रिकेटका कप्तान पारस खड्का र क्रिकेट कै सन्दिप लामिछाने तथा ब्याडमिन्टनका रुपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंकबहादुर कार्की रहेका छन्। 

त्यस्तै वर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा ब्याडमिन्टनकी शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, बक्सिङकी बिमला श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिशकी नविता श्रेष्ठ रहेका छन्। 

युवा खेलाडीमा क्रिकेटका सन्दिप र दिपेन्द्र सिंह ऐरी, फुटबलका दिनेश हेन्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल रहेका छन्।

त्यसैगरी वर्षका उत्कृष्ट प्रशिक्षकमा क्रिकेटका जगत टमाटा र विनोद दास, फुटबलका छिरिङ लोप्साङ गुरुङ, ब्याडमिन्टनका जयन्तकुमार श्रेष्ठ र बक्सिङका प्रकाश थापामगर रहेका छन्। 

यसपटकको अवार्ड जेठ ३ मा आर्मी अफिसर क्लवमा आयोजना हुँदैछ। 

प्रकाशित: ३१ वैशाख २०७५ ०८:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App