coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इन्डोनेसियाकाे  प्रहरी मुख्यालयमै आक्रमण, चार जनाको मृत्यु, अरु कैयौँ घाइते

सुराबिया – इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा सोमबार  पनि आतंककारीहरुबाट बम हमलाहरु जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। 

उक्त सहरमा आइतबार मात्र तीन वटा चर्चमा आतंककारी हमला भएको थियो। ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका १० जनाको ज्यान गएको प्रहरीले जनाएको थियो। 

आतंककारीहरुले सोमबार पनि बम हमला गरेका छन् । सोमबार बिहान सुरबियाको प्रहरी मुख्यालयमा नै आतंककारी हमला भएको थियो । दुइवटा मोटरसाइकलमा आएका चार जनाले त्यहाँ आत्मघाती आक्रमण गरेका थिए। 
तर सो आक्रमणबाट प्रहरी मुख्यालयमा ठूलो क्षति भने हुन पाएन । त्यसमा परी आत्मघाती हमलाकारी नै मारिएका छन्। विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन्। 

सुरबियाका प्रहरी प्रमुखले भनेका छन्– आक्रमणमा आएका चार जना आत्मघाती नै मारिएका छन् र प्रहरी अधिकारीसहित १० जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी अधिकारीहरु छन्। 

प्रहरीले ती आत्मघाती आक्रमणकारीको परिचय खुलाएको छैन । उनीहरु अतिवादी मुस्लिम समूहका रहेको प्रहरीको भनाई छ। उनीहरुले रमादान पर्वको शुरुवातलाई लक्षित गरेर बम हमलाहरु गरिरहेका प्रहरीको अनुमान रहेको छ। 

आइतबार तिनै आतंककारीले चर्चमा हमला गरी प्रार्थनाका क्रममा रहेका व्यक्तिको हत्या गरेका थिए। आइतबार बिहान तीनवटा चर्चमा छुट्टाछुट्टै हमला भएको थियो । हमलामा परी ४० जना घाइते भएका बताइएको छ। 

इन्डोनेसिया सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको देश हो । यहाँका मुस्लिमहररूले समय समयमा चर्चमा हमला गर्ने गरेका छन्। 

इन्डोनेसियाका मुस्लिमले यसै हप्ता रमजानको व्रत बस्ने तयारी गरिरहेका छन्। त्यसको पूर्व सन्ध्यामा यसरी चर्चमा हमला भएको छ। 

रमजानको यस पूर्व सन्ध्यामा आतंककारी हमला हुनसक्ने अनुमानका साथ सरकारले उच्च सुरक्षा सतर्कता अपनाइएको बताएको थियो। 

यस हमलाको जिम्मेवारी कसैले लिएको छैन। तर प्रहरीले यहाँका अतिवादी मुस्लिमबाटै यस्तो काम भएको हुनसक्ने अनुमान गरेको छ। 

यहाँको प्रहरीले चर्चहरुमा सुरक्षाको राम्रो प्रबन्ध मिलाइएको बताएको छ। आइतबारको आक्रमणपछि चर्चमा थप सुरक्षाको प्रबन्ध गरिएको जनाएको छ। 

तर सोमबार बिहान भने ती हमलाकारीहरुले प्रहरी मुख्यालयमै आत्मघाती हमला गरेको बताइएको छ। आइतबारदेखि नै उक्त सहरमा उच्च सुरक्षा सतर्कता अपनाइएको प्रहरीको भनाई छ। 

प्रकाशित: ३१ वैशाख २०७५ ०९:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App