७ वैशाख २०८१ शुक्रबार
अन्य

खुसी हुने १० वैज्ञानिक बाटो

पछिल्लो समय खुसीको पारो बढेको छ र भाउ पनि । हरकोही खुसी हुन चाहन्छ र त्यसैका लागि मरिमेटिरहेको छ । वैज्ञानिकहरु ल्याबमा खुसीको कारक तत्व खोजिरहेका छन् । मनोवैज्ञानिकहरु अध्ययनमा मग्न छन् । जोगी, योगी र भिक्षुहरु पनि यसैमा लागिपरेका छन् । त्यसैले त सन् २०१२ यता संयुक्त राष्ट्रसंघको सस्टेनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्कका माध्यमबाट हरेक वर्ष वल्र्ड ह्यापिनेस रिपोर्ट प्रकाशन गर्ने गर्छ । सो रिपोर्टअनुसार नेपाल १०१ औँ स्थानमा छ अर्थात् विश्वका डेढ सय भन्दा बढी मुलुकमध्ये नेपालको खुसीको पारो १०१ औँ स्थानको छ । हामीले नयाँ वर्ष वि.सं. २०७५ को अवसरमा खुसीका अनेकौँ आयामहरुका बारेमा खोतल्ने प्रयास गरेका छौँ । 

खुसी हुने १० वैज्ञानिक बाटो

ध्यान गर्ने
(मस्तिष्कलाई सक्रिय पार्छ)

मुस्कुराउने अभ्यास गर्ने

निद्रा पुग्ने गरी सुत्ने

कृतज्ञताको अभ्यास गर्ने

अरुलाई सहयोग गर्ने
(सातामा कम्तीमा दुई पटक)

व्यायाम गर्ने
(दैनिक कम्तीमा सात मिनेट)

घुमघामका लागि निस्कनु होस्
काम गर्ने ठाउँबाट नजिक बसाइँ सर्नुहोस्

परिवार र साथीहरुसँग बढीभन्दा बढी समय व्यतित गर्नुहोस्

यात्राको योजना बुन्नुहोस् (गइरहनु परेन)

सबैभन्दा खुसी ५० मुलुक

फिनल्यान्ड, नर्वे, डेनमार्क, आइसल्यान्ड, स्विजरल्यान्ड, नेदरल्यान्ड्स्, क्यानडा, न्युजिल्यान्ड, स्विडेन, अस्ट्रेलिया, इजरायल, अस्ट्रिया, कोस्टारिका, आयरल्यान्ड, जर्मनी, बेल्जियम, लक्जेम्बर्ग, संयुक्त राज्य अमेरिका, बेलायत, युनाइटेड अरब इमिरात, चेक रिपब्लिक, माल्टा, फ्रान्स, मेक्सिको, चिली, ताइवान, पनामा, ब्राजिल, अर्जेन्टिना, ग्वाटेमाला, उरुग्वे, कतार, साउदी अरेबिया, सिंगापुर, मलेसिया, स्पेन, कोलम्बिया, ट्रिनिडाड एन्ड टोबागो, स्लोभाकिया, एल साल्भाडोर, निकारागुआ, पोल्यान्ड, बहराइन, उज्बेकिस्तान, कतार, थाइल्यान्ड, इटाली, इक्वेडर, बेलिज, लिथुआनिया ।

 

प्रकाशित: ३१ वैशाख २०७५ ०९:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App