७ वैशाख २०८१ शुक्रबार
अन्य

फिटनेस मेराे शाेख

तस्बिर : कृष्णा श्रेष्ठ

सृजना ज्योतिको अहिलेको परिचय ज्योति ग्रुपको स्याकर ट्रेडिङ कम्पनीको चिफ ब्रान्डिङ अफिसर हो । कर्ममा विश्वास गर्ने सृजनाले थम्पसन नेपाल, युनिलिभर र आफैंले स्थापना गरेको इभेन्ट म्यानेजरको भूमिका निर्वाह गर्दै पारिवारिक कर्पोरेट बिजनेसमा एक दशकअघि हात हालेकी हुन् । त्यतिबेलै उनी विवाह बन्धनमा बाँधिइन् र रोकिएको करिअर यात्रा फेरि युनिलिभरसँग आएर जोडियो । 

‘आजभन्दा २ दशकअघि महिला अग्रसर भएर इभेन्ट्स म्यानेजर गर्ने कुरा नौलो थियो,’ सृजना भन्छिन्, ‘हामीले समाजमा राम्रो काम गरिरहेका गैरसरकारी संस्थाका उद्देश्यमूलक कार्यक्रमहरूको इभेन्ट्स आयोजना गर्नेजस्ता काम ग-यौं ।’ त्यसबेला सृजनाका श्रीमान् सौरभ नेपाल युवा उद्यमी व्यवसायी मञ्चका अध्यक्ष थिए । उनीहरुका दुईटा बच्चा छोरा श्रेयान्स र छोरी सुहासिनी छन् । 

नेपाल र भारतका मोडलहरू सहभागितामा आयोजना गरेको फेसन सोबारे सृजना भन्छिन्, ‘मैले त्यसै बेला थाहा पाएँ, सिस्नो, गाँजाको बोटबाट पनि लुगा बन्दो रहेछ ।’ भारतीय मोडलहरूले नेपाली मोडललाई मान्छे नगन्ने अवस्था चित्रण गर्दै सृजनाले भनिन्, ‘अहिले नेपाली फेसन निकै माथि उठिसकेको छ ।’ 
। ‘म बाहिर जानलाई अप्लाई गर्न चाहन्थें त्यसबेला, घर परिवारमा सल्लाह भयो,’ सृजनाले भनिन्, ‘आफ्नै पारिवारिक उद्यम व्यापारमा लाग्ने कुरा भयो, अब ज्योति गु्रपमै आबद्ध छु ।’ सृजनासँग करिअर र फेसनबारे नागरिक परिवारका लागि विश्वमणि पोखरेलसँगको कुराकानी :

नेपालको फेसन उद्यमको विकासबारे तपार्इंको कस्तो विश्लेषण छ । एक दशकअघिसम्म नेपाली मोडललाई भारतीय मोडलहरू खासै गणनासमेत नगर्ने अवस्था बताउनुहुन्छ । अहिलेको अवस्था कस्तो हो ? 

त्यतिबेला नेपालको फेसन उद्यम भर्खर थियो, अहिले जस्तो विस्तार भएको थिएन । त्यतिबेला फेसन दुनियामा धेरै केटीहरू आउँदैनथे, अहिले पढेलेखेकाहरू पनि आएका छन् र राम्रो करिअरको रूपमा विकास हुँदै छ । त्यसैबेलाको मेरो अनुभवमा डिजाइनहरू एकदम राम्रो, सहज र एक आपसमा घुलमिल हुने थिए भने मोडलहरू भने अलिक चढेका जस्तो अनुभव भयो । भारतले मोडलिङ्ग, फेसन ठूलो उद्यमको रूपमा विकास भैरहेको र नेपालमा भर्खर–भर्खर मात्र भएकोले त्यस्तो हुनसक्छ । हाम्रा नेपाली केटीहरू अलिक नर्भस पनि थिए, ¥याम्पमा जाँदा भने भारतीयहरूमा इगो देखिन्थ्यो । आजकल त नेपाली र भारतीय मोडलको संयुक्त पस्तुति हुन्छ र दुई देशका मोडल आपसमा धेरै मिल्छन् भन्ने सुनिन्छ । मलाई खुसी लाग्छ, नेपालको मोडलिङ्ग र फेसन सो निकै माथि आइसकेको छ ।  

तपार्इंको विचारमा नेपाली र भारतीयहरूको फेसनप्रतिको चाहना कस्तो छ । के फरक लाग्छ तपार्इंलाई ? 

मेरा बच्चाहरू इन्डियामै पढिरहेका छन् । त्यसैले वर्षको ५, ७ पटक दिल्ली पुगिरहेकी हुन्छु । कतिपय भारतीयहरू नेपालमा ब्रान्डेड लुगाहरू कम छन्, ठूलो बजार नै छैन भन्ने गर्छन् पनि । म अध्ययन गरेको अवस्थाको दिल्ली र अहिलेको दिल्लीमा आकाशजमिनको फरक जस्तो लाग्छ । जताततै ब्रान्डेड सप, मलहरू, त्यहाँ ठूलो बजार छ, हाम्रो तुलनामा । तर, खासमा भन्ने हो भने नेपालीलाई जस्तो भारतीयलाई लुगा मिलाएर लगाउन मिल्दैन । महँगो, ब्रान्डेड लुगाले केही अर्थ राख्दैन जब त्यो राम्रोसँग लगाइँदैन । खास लुगा भनेको त आफूलाई सुहाउने गरी लगाउने हो । मैले त भन्ने गर्छु, दिल्लीका केटीहरूले लगाउने १० अाैं हजारको जिन्सभन्दा हाम्रा नेपाली केटीहरूले लगाउने २,३ हजारको जिन्समा उनीहरू राम्रो खुलेका हुन्छन् । नेपालीहरूको लगाउने स्टाइल राम्रो छ । 

नेपालीहरू सिपालु छन् भन्नु भएको हो लगाउने कुरामा ?

हो, नेपालीहरू स्मार्ट छन् । मेरो विचारमा त फेसन भनेको त कुनै डिजाइनर मौसमअनुसार तयार गर्ने, यो मौसमको फेसन यस्तो हो, कलर यस्तो लगाउनुपर्छ भनेर फेसन गर्नेहरू पनि हुन्छन् । तर स्टाइल भन्ने कुरा त आफूभित्रको हो । स्टाइल भन्ने कुरा आफ्नो हो । मेरो विचारमा ब्ल्यू जिन्स र ह्वाइट टि–सर्ट अलिक शौखिनहरू सबैसँग हुन्छ होला सायद । तर लगाउने तरिका हरेकको फरक हुन्छ । कसैले टिपिक्क पारेर लगाउँछन्, कसैले लुज लगाउँछन् । कसैले लामो लगाउँछन्, कसैले छोटो लगाउँछन् । आफूलाई कसरी सुहाउँदो किसिमले लगाउने त्यो स्टाइल हो । 

नेपालीहरू कत्तिको स्टाइलिस देखिन्छन् ? त, तपाईंको नजरमा । 

नेपाली स्टाइलिस छन् । के मा के लगाउने, कस्तो लगाउने, कसरी लगाउने नेपालीलाई थाहा छ । कुन–कुन कलरको कम्बिनेसन कस्तो हुनुपर्छ भनेर आम नेपाली जानकार छन् जस्तो लाग्छ मलाई । म दिल्लीमा जाँदा देख्छु, मलभित्र आफूले बोक्न नसक्ने गरी लत्ता कपडा किनिराखेका हुन्छन् तर लुगा मिलाएर लगाएका हुँदैनन् । धेरै जसोमा लगाउने ढंग देख्दिन ।

तपाईं कसरी जज गर्नुहुन्छ यी सबै कुरा ? 

म हिँडिराखेकी हुन्छु, यताउता काठमाडौं र दिल्लीमा पनि । लुगा भनेको आफ्नो शरीर सुहाउने लगाउनु पर्छ भन्ने हो । काठमाडौंमा धेरैले आफ्नो शरीरअनुसार नै लगाएको देखिन्छ । फेसन भन्दैमा जस्तो पायो त्यस्तो कलर चुज गर्न मिल्दैन । कलर र शरीरलाई मिल्ने खालको लुगा, जुत्तालगायतका सामान प्रयोग गर्नुपर्छ । अहिले चलेको छ नि महिलाहरूको कुर्ता अनि प्लाजो (लुज सुरुवाल) । अहिले फेसनमा छ भन्दैमा त्यो सबैलाई सुहाउँछ भन्ने हुँदैन । आफ्नो शरीरमा खुल्दैन, सुहाउँदैन भने त्यो फेसनमा छ भने पनि लगाउनु हुँदैन । कुनै पनि लुगा लगाउनुभन्दा अगाडि आफ्नो शरीरलाई  कत्तिको सुहाउँछ, सुहाउँदैन भनेर सचेत हुन आवश्यक छ । 

सुहाउने नसुहाउने कसरी थाहा पाउने ? 

सुहाउने भन्ने कुरा आफ्नो शरीरको बनोट, छालाको रंग, मोटो पातलो र उमेरअनुसार फरक पर्ने हुन्छ । आमा र छोरीलाई एउटै खालको फेसन त मिल्दैन नि । फेरि पातलो शरीर भएका मानिसले लगाएको सुहायो भन्दैमा मोटो शरीर भएका मानिसलाई त्यही फेसन राम्रो नदेखिन सक्छ । त्यस्तै कलर सबैलाई एउटै सुहाउँछ भन्न मिल्दैन । आफ्नो बडी सेप कस्तो छ, कस्तो रंग सुहाउँछ भन्ने चेतना हुनुपर्छ । उमेरसँग सुहाउने लगाउनु पर्छ । 

तपाईं आफूलाई कसरी मेन्टेन गर्नु भएको छ । फेसनको पारखी, स्वस्थ पनि देखिनु हुन्छ ? 

वास्तवमा भन्ने हो भने म फेसनको पारखी होइन । न म कुनै फेसन म्यागेजिन हेर्छु, न म टिभि हेर्छु, न कुनै ब्लग चलाउँछु   । फेसन सोहरूमा पनि जाँदिन । म ब्रान्डेड लुगाको शोख छँदैछैन । ब्रान्डेड ब्याग, जुत्ता किन्ने शोख पनि छैन । म पारखी होइन । म सानैदेखि होस्टलमा बसेकी हुँ, स्कुल पढ्दा र कलेज पढ्ना पनि । त्यसैले मलाई कुनै कुरा चाहिन्छ कि चाहिँदैन भन्ने कुरामा भर पर्छ । पैसा खर्च गर्नुअघि मलाई त्यो कुरा आवश्यक हो कि होइन भन्ने कुराले मलाई निर्देशित गर्छ । त्यो किनेर मैले के पाउँछु भन्ने प्रश्न उपस्थित भै हाल्छ । जस्तो दिल्ली जाँदा प्रत्येक पटक एउटा सारी किनेर आउँ भन्ने कुरा म कुनै हालतले पनि सक्तिन । म आफूलाई जस्टिफाइ नै गर्न सक्तिन । म सारी लगाएर अहिले भन्दा राम्री देखिने होइन । 

महिलाहरूको हकमा कुरा गर्दा सारीहरू किनेर राख्ने अनि अरू–अरू लुगा लगाउने चलन हो ? 

साच्चिकै अप्ठ्यारो कुरा हो, यो । सारी लगाएर काम गर्न पनि गाह्रो । चल्न चटपटाउन पनि उत्तिकै असजिलो । सारी लगाएर अफिसमा काम गर्न पनि उत्तिकै अप्ठ्यारो । उही विवाहहरूमा लगाउने हो सारी । 

सारी आफैँमा कस्तो फेसन हो ?

मेरो विचारमा सारीले कुनै पनि केटी, महिलालाई सुन्दर देखाउँछ (इलिगेन्स लाग्छ) । सारी मोटा महिलालाई सुहाएको देखिन्छ, दुब्लालाई पनि सुुहाएकै देखिन्छ । सारी धेरैजसोलाई सुहाउने पोसाक हो ।  म फेसनभन्दा पनि बढी स्वास्थ्यमा बढी सचेत छु । कतै नगएको बेला काठमाडौंमै बस्दा प्रत्येक दिन २ घण्टा जीममा हुन्छु । म जीमका इन्सक्टरहरूलाई भन्ने गर्छु, मलाई मोडल बन्नु छैन, टाइट लुगा लगाएर बडी सेप देखाउनु पनि छैन, म हेल्दी हुनु छ । मेरो प्राथमिकता स्वास्थ्य हो । फिट देखाउनु छ, उमेर बढ्दै गएको छ । फिट त भइरहनु पर्छ नि !  

उमेर जाँदै छ भनेर चिन्ता गर्ने बेला भैसक्यो ? 

मेरो छोरा १५ वर्षको भयो, छोरी ११ वर्षकी भइन्, विवाह गरेको १७ वर्ष भयो । अब के भनौं । म युवती त होइन नि । 

म तपाईंको उमेर सोधी राखेको छैन । विवाह कति वर्षको हुँदा गर्नु भएको हो, भन्न मिल्छ ? 

हाँस्दै, नो नो, तपाईंले क्यालकुलेट गरिहाल्नु हुन्छ नि । म उमेर भन्नेवाली छैन । उमेर गै हाल्यो भनेर भ्यात्त पर्न मन छैन मलाई, त्यसैले फिट एन्ड फाइन हुनुपर्छ भन्ने हो ।  

तपाईं आफू कस्तो फेसन रुचाउनुहुन्छ । वा जस्तो मन लाग्यो त्यही लगायो त्यही नै तपार्इंको फेसन हो ? 

सबै भन्दा पहिला मलाई सहज हुनुप-यो, दोस्रो कुरा मलाई सुहाउनुप-यो । यी महत्वपूर्ण पक्ष हुन् । अरू म कुनै म्यागेजिन, टेलिभिजन हेरेर यो लगाउने ऊ लगाउने भन्ने छैन । 

अहिले कस्तो फेसन चलेको छ, महिलाहरूमा ? 

यस मामलामा म त गलत मान्छे पो परेँ कि ? किन भने म आफ्नै हिसाबले लुगा लगाउँछु, म धेरै कस्मेटिक सामग्रीको प्रयोग गर्दिन । म अफिसमा अफिसियल लुगामै हुन्छ । बिदाको दिनमा म जिन्स र टि–सर्टमा हुन्छु । सेमी फर्मलमा म कुर्तामा हुन्छु । त्यस्तै प-यो भने सारी हो । फेसन भन्दा पनि म मोटाएको बेला र अलिक दुब्लाएको बेलामा फरक–फरक पोसाकमा हुन्छ । मोटाएको बेलामा अलिक लुज खालको लगाउने हो । दुब्लाएको बेला अलिक टाइट लगाउन मिल्छ । कहिलेकाहीँ यात्रै यात्रामा होइन । यात्रामा हुँदा खाँदाखाँदा मोटाइन्छ । 

यसको अर्थ तपाईं मोटाउने दुब्लाउने भैरहनुहुन्छ ? 

हो, त्यस्तो भैरहन्छ । म यात्रामा रहेको बेला खाना खाइरहन्छु । त्यो बेला मोटाइ हालिन्छ । भोक लागेको लागै गर्छ, खाएको खायै हुन्छु । म खानका लागि यो खान्छु, यो खान्न भन्दिन । म जे पनि खाइदिन्छु । म खाइ राखेकी हुन्छ, मेरा साथीहरूले भन्छन् कति खान सक्ने भनेर । 

हिँड्दा डुल्दा देखिन्छ नि अहिले कस्तो फेसन चलेको छ ? 

अहिले मलाई किन्नै प-यो भन्ने भने सिल्कको सारी हो । अहिले चलेको छ सिल्क सारी । यो सारीमा इथिनिक देखिन्छ महिलाको लुक । म पहिला–पहिला सिल्कको सारी लगाउँदिनथें, गाह्रो लाग्थ्यो सिल्लको सारी लगाउन । अहिले सिल्लको सारी मेरा आँखामा आउँछ । राम्रा–राम्रा डिजाइनमा आएका छन् सिल्कसारी । अहिले चल्तीमा प्लाजो भनिने लुज सुरुवाल र कुर्ता  छ । मलाई चुडीदार सुरुवाल पटक्कै मन पदैनथ्र्यो, यो लगाउँदा गर्मी हुन्थ्यो । अहिले चलेको प्लाजो मलाई मन पर्छ । फेरि अहिले कटन लगाउने भन्ने फेसन छ । गर्मीमा कटन स्वास्थ्यका लागि झन् राम्रो । क्याजुअल ड्रेसमा चलेको टाइट पाइन्ट हो । कर्पोरेट ड्रेसको कुरा गर्दा तीन वर्षअघि जस्तो थियो, आज पनि त्यस्तै हो । कर्पोरेट लुकमा म  सर्ट पाइन्ट कोट,  सर्ट, स्कर्ट कोट वा वन पिस र कोट लगाउनुपथ्र्याे । कर्पोरेट ड्रेसमा खास परिवर्तन आएको छैन । यिनै चार खालका ड्रेस हुन् मैले प्रयोग गर्ने । 

तपार्इं आफ्ना लागि सामान कहाँ किनमेल गर्नुहुन्छ ? 

म काठमाडाैंमा किन्दिन । यसको अर्थ काठमाडौंका सामान राम्रा छैनन् भन्ने होइन । म काठमाडौंमा हुँदा काममै व्यस्त हुन्छु । अफिसबाहेक सामाजिक कार्यक्रम विवाह, व्रतबन्ध, बर्थ डे लगायतका सामाजिक क्षेत्रमा लाग्दै समय हुँदैन । अफिस, फेमिली फङसन, साथीभाइको फङसन, यहाँ  त समय नै हुँदैन किनमेल गर्न जाने । एउटा शनिबार हो, मलाई केही नगरी घरमै बस्न मन लाग्छ दिनभरि त्यो दिन त । म धेरै नै भयो यहाँ सपिङ नगरेको । मुभिहरू हेर्न जाँदा मलहरूमा राम्रा–राम्रा सामान देखिन्छन् । बच्चाहरूलाई भेट्न बराबर दिल्ली गइरहेकी हुन्छ । त्यसैबेला हो किनमेल गर्ने । बच्चाहरू भेटेपछि उनीहरूले नै मलमा पु-याउँछन्, यो खाउँ, ऊ खाउँ, यस्तो किनाैं, उस्तौ किनौ भन्छन् । त्यसैबेला किन्ने हो । हामीकहाँ फेमिली भ्याकेसन भनेर कतै जाने चलन छ  त्यस्तै माइत पट्टी पनि भ्याकेसन भनेर कतै गइन्छ । त्यसबेला पनि किनमेल हुन्छ । मेरो बाबा सिनियर पाइलट हुनुहुन्थ्यो । म बच्चा हुँदा पनि उहाँले विदेशबाट ल्याइदिएका लुगा लगाएर हुर्किएकी हुँ । बाबाले धेरै सामान ल्याइदिनुहुन्थ्यो, हामीले किन्नु पर्दैनथ्यो । मलाई दिल्ली सहज लाग्छ । मैले भनिसकेँ, चार किसिमका लुगा लगाउँछु म । दिल्लीमा सारी, कुर्ता, क्याजुअल, कर्पोरेट सबै खाले लुगा किन्न सकिन्छ । काठमाडौंमा भने साथीहरूले प्रदर्शनी राखेका छन्, सो रुम खोलेका छन् र निम्तो गरेका छन्, त्यस्तो बेला किन्ने हो । 

फेसन सोहरूमा कत्तिको जानु हुन्छ ? 

त्यत्ति धेरै जान्न । काठमाडौंमै भएको बेला भयो भने वर्षको एउटा दुईटा सोमा जाने गरेकी छु । फेसन सो भनेको डिजाइनरहरूले कस्तो खालका डिजाइन निकाले भन्ने कुरा हुन्छ । समग्र डिजाइन, सिलाइलगायतका कुरा हुन्छन् फेसन सोमा । मैले कतिपय सोमा फिनिसिङ्गमा गम्भीर ध्यान नदिएको पनि देखेकी छु । सबै डिजाइनरले फिनिसिङ्ग दिन सक्नुपर्छ । म खासगरी आशिष शेरचनकोमा जान्छु । मलाई उहाँको डिजाइन राम्रो लाग्छ । फेरि कतिपय फेसन सोमा देखाइने लुगाहरू देखाउनका लागि मात्र हो, लगाएर हिँड्न सकिँदैन । डिजाइनहरूको क्रिएटीभिटी देखाएको हो खासमा लगाउनका लागि होइन भन्ने पनि गरिन्छ । म मनी र म्याटरजस्ता मामलामा धेरै प्राक्टिकल जस्तो छु ।

तपार्इं कुनै ब्रान्डको पछि लाग्दिन भन्नु हुन्छ । बिलकुल नन् ब्रान्डेडमा रुचि हो ? 

ब्रान्ड भनेर मात्र पनि हुँदैन । कुनै एउटा ब्यागलाई ब्रान्डको नाममा एक लाख भनिरहेको हुन्छ ।  ब्राण्ड नभनेर ५, १० हजारमा पाइराखेको हुन्छ । केलाई ब्रान्डेड भन्ने त । महँगो प-यो भन्दैमा ब्रान्डेड भन्ने त ? केलाई ब्रान्ड भन्ने ? म जारा, म्याङ्गो र ग्यापका उत्पादनहरू कुनै उमेर समूहका लागि हुन सक्छ । एउटै टि–सर्ट ४०००, ५००० पर्ने, एउटै जुत्तालाई ३०, ५० हजार हुनसक्छ, कसैलाई त्यही ब्रान्ड हुनसक्छ । म ब्रान्डको पछाडि लाग्दिन । 

कस्मेटिकमा तपाईंको रुचि ? 

मेरो छाला त्यत्ति राम्रो छैन । कस्मेटिक प्रयोग ग-यो भने डन्डिफोर आइहाल्छ । डन्डिफोर आइहाल्ने भएकोले म सचेत हु, कस्मेटिक प्रयोग बारे । म दैनिक साँझपख फेसियल गर्छु । त्यसबेला पनि कुनै महँगो ब्रान्ड भन्दा सेटाफिल मेडिकल क्लिनर प्रयोग गर्छु । मेरो छालालाई मिल्ने कस्मेटिकमा म पैसा कति के भन्ने मतलब गर्दिन । तर जुन पायो, त्यही लगाउँदिन । सामान्यतया म म्याक कस्मेटिक प्रयोग गर्छु । साथीहरू कुराकानी हुँदा उनीहरूको प्रयोगको अनुभवका आधारमा पनि कस्मेटिक चयन हुन्छ । 

कत्तिको खर्च गर्नुहुन्छ फेसनमा ? प्राक्टिकल भन्नुहुन्छ ? कस्तो हो प्राक्टिकल ? 

म आवश्यक नपरी केही किन्दै किन्दिन । सौरभ र म विदेश गएको बेला किनमेल गर्न मलमा गयो भने सँगै किन्दैनौं । खास गरेर मलाई एक्लै सपिङ्ग गर्न मन लाग्छ । सौरभलाई महिलाहरूले किनमेल गरेको ठाउँमा आउन मन पर्दैन । मलाई पनि केटाहरूको किनमेलमा सहभागी हुन मन लाग्दैन । हामी मलमा आ–आफ्नो हिसाबले फरक–फरक ठाउँमा जान्छाैं र निश्चित समयमा त्यही मलको रेष्टुरेन्टमा भेट्छौं । क्याफेमा केही खानपिन गरेपछि फेरि सपिङ्ग गर्न सकिन्छ । रेष्टुरेन्टमा भेट हुँदा सौरभको ठूलो पोको बनेको हुन्छ, मैले केही किनेकी हुँदैन । मेरो दुईटा हुँदा सौरभको ५ वटा हुन्छ । देख्नासाथ किनौं किनौं नहुञ्जेल र केही आवश्यक नभै किन्दै किन्दिन । केटाहरूको सामान केटीहरूको भन्दा महँगो पनि हुन्छ । एउटै ब्ल्यू जिन्स त हो । कुनै लाइट ब्लयू, कुनै डार्क ब्ल्यू, के–के हो के–के । सर्ट नै भनौं न केटीहरूको थरीथरी स्टाइलका हुन्छन्, फरक–फरक सिलाइ हुन्छ । केटाहरूको सामान्य तथा एउटै स्टाइल हुन्छ । किन चाहियो धेरै । एउटै सर्ट फरक–फरक कलरका किन्दा भै हाल्छ नि । 

किनमेल गर्दा एक्लै किन्नु भन्नु भयो । किन त्यस्तो ? 

धेरै जना मिलेर किन्न जाँदा लहैलहैमा किनिन्छ । घरमा आएर लगाउँदा आफूलाई किने जस्तो लाग्दैन । आफूले किनेको र मिलेको लुगाले कन्फिडेन्ट दिन्छ । लुगा मिलेको छैन भने के मिलेन के मिलेन भन्ने भैरहन्छ । कता–कता कपडामा कन्फिडेन्ट जोडिएको हुन्छ । कसै कसैले उपहार दिएका लुगा हुन्छन्, लगाएन भने दिने मान्छेको चित्त दुख्छ, लगायो आफूलाई कन्फिडेन्ट नै हुँदैन । लुगा र आफूमा एक किमिमको कनेक्सन हुन्छ, त्यो हुँदैन । के मिलेन के मिलेन भन्ने अप्ठ्यारो हुन्छ दिमागमा । म चाहन्छु मलाई कसैले उपहारमा लुगा नदिऊन् । 

अरू के कस्ता कुरा किनमेल गर्नुहुन्छ ? 

सौरभको बानी छ कलेक्सन गर्ने । जे–जे भेट्यो कलेक्ट गर्ने । घडी, रक्सी, मोटरसाइकललगायत जे पनि कलेक्सन गर्ने सौरभको बानी भएकोले हुनसक्छ म मा कुनै कुरा किन्ने इच्छा नै छैन । सौरभसँग मैले भन्ने गर्छु, ‘तिमीले किनेको हेर्दाहेर्दा मेरो किन्ने इच्छा मरिसक्यो ।’ सौरभले पनि मलाई त्यस्तै भन्छन्, ‘तिमी नकिन्ने भएर मेरो कमाइ जोगाइरहेकी छौं । 

तपार्इंलाई कुन कलर मन पर्छ ?

लुगाअनुसार हुन्छ । सारीहरू, कुर्ताहरू ब्राइट कलर मन पर्छ । कर्पोरेट  लुगाको कुरामा म डल कलर ग्रे, ब्ल्याक कलर मन पर्छ । ब्राइट कलर लगाएर अफिस जान मन पर्दैन । क्याजुअल ड्रेसमा मेरो मनलाग्दो हुन्छ । मेरो मुड अनुसार हुन्छ । 

गहनाहरूको शोख ? 

गहनामा मेरो शोख छैन । किन्यो सेफभित्र हाल्यो, कहिलेकाहीँ मात्र लगायो । कतिपयले गहनालाई लगानी पनि भन्ने गर्छन्, मलाई त्यस्तो लाग्दैन । मलाई ओभर प्राक्टिकल जस्तो लाग्छ कहिलेकाहीँ । दैनिक लगाउने, अफिसमा लगाउने बेग्लै कुरा भयो । हारहरू किन्ने, थन्क्याउने पक्षमा म छैन ।

अरू शोख ? 

मेरो शोख भनेको फिटनेससँग सम्बन्धित सामानहरू किन्ने हो । काम गर्दा चाहिने सामग्रीहरू, जीमसँग सम्बन्धित लुगाहरू भने किनिरहेकी हुन्छु ।  मैले एक पटकमा किन्ने भनेका ८, १०, २० का सामान हुन् । यत्तिको किन्नका लागि मैले धेरै सोचिरहनुपर्दैन । कतिपय हुन्छन् नि एउटा सारी किन्नु छ, पसलमा आधा सारी हेर्दा पनि चित्त नुबझ्नेहरू । मलाई त्यस्तो गर्न मन लाग्दैन । मन लागेको किन्यो । म दिल्ली गएको बेला म्याङगो, जारा, डुट्टीमा जान्छु । त्यहाँ ब्रान्डेड छैन भन्ने होइन । ब्रान्डेड पनि छ । क्वाइट रिजनेवेल, ब्रान्डका नाममा कुनै चिज किन्नलाई २ पटक सोच्नुपर्ने कुरा आउँदैन । यो ब्रान्ड किन्न पाए हुन्थ्यो भनेर म सोचिबस्दिन ।  

आउँदा दिनका योजना ? 

मलाई त डिजिटल मार्केटिङ्गमा सिफ्ट हुने सोच छ । यतातिर काम हुँदैछ, एउटा इन्स्टिच्युट खुलेको छ । अहिले दुनियाँमा परिवर्तन भएको छ । अहिलेसम्म विज्ञापनहरू पत्रिका, म्यागेजिनमा आउँछन् । अब फेसबुक, युट्युब, गुगलमा विज्ञापन गर्ने चलन सुरु भइसकेको छ । मानिसको ह्याविट चेन्ज हुँदैछ  । त्यसैअनुसार चेन्ज नयाँ भेन्चर गर्ने सोच हो ।

नेपालको अहिलेको सामयिक अवस्थाबारे तपाईंको बुझाइ ? 

टिभि हेर्दिन । तर म युट्युवबाट मुलुकको अवस्था, नेताहरूका भनाइ थाहा पाइरहेकी हुन्छु । पावरमा भएकाहरू के भन्दैछन्, कता लैजान खोज्दैछन् देशलाई भनेर बुझ्न मन लाग्छ । नेताहरू जे सुकै भनून्, जस्तोसुकै गरून् भन्नेहरूको संख्या धेरै छ । मलाई भने उनीहरू के भन्दैछन्, कसो गर्दैछन् भनेर थाहा पाउन मन लाग्छ । यही देशमा बस्नु छ, यहीँ काम गर्नु छ, नेताहरूले के भन्छन्, उनीहरूको भिजन थाहा पाउनुप-यो ।

प्रकाशित: ३१ वैशाख २०७५ १२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App