८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश ५ : प्रदेशसभाको दोस्राे अधिवेशन सुरू

बुटवल– प्रदेश नम्बर ५ को प्रदेशसभाको दोस्रो अधिवेशन सुरु भएको छ । प्रदेश प्रमुख उमाकान्त झाले आह्वाान गरेको प्रदेश सभाको दोस्रो अधिवेशनसम्बन्धी पत्र सभामुख पूर्णबहादर घर्तीले सभामा पढेर सुनाएपछि दोस्रो अधिवेशन सुरु भएको हो ।
सोमबार बसेको वर्षे अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक बर्षको बजेट तयार गर्न विनियोजन विधेयकका २०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिका सम्बन्धमा प्रस्ताव पेस भयो । 
आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी समेत सम्हालिरहेका मुख्य मन्त्री शंकर पोखरेलले विनियोजन विधेयकका सम्बन्धमा छलफलको प्रस्ताव सदनमा पेस गरेका हुन । प्रस्ताव पेस गर्दै मुख्य मन्त्री पोखरेलले फजुल खर्च नियन्त्रण गर्दै मितब्ययीताको सिद्धान्त र संविधानको मर्म अनुरुप समाजवाद उन्मुख बजेट ल्याउने बताए । चालु वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रम र बजेटमा समेटिएका दीर्घकालीन र महत्वपूर्ण योजनाहरुलाई निरन्तरता दिइने पनि जानकारी दिए । 
आगामी आर्थिक वर्षदेखि प्रदेश सरकारले संकलन गर्ने राजश्व तथा वित्तीय स्रोतलाई ध्यानमा राखेर बजेट तर्जुमा गरिने बताइएको छ । संघीय सरकार र स्थानीय तहसँगको सहकार्यलाई जोड दिँदै स्रोत साधनको अत्युतम उपयोग गरी उत्पादन र उत्पादकत्व वृद्धिमा बजेट केन्द्रीत हुने उल्लेख छ । निजी क्षेत्र तथा सहकारीलाई अगाडि लाएर सरकारले नियमन र सहजीकरण गर्दै आर्थिक वृद्धि हासिल गर्ने भनिएको छ ।
गरिब जनताको जीवनस्तरमा प्रत्यक्ष देखिने गरी प्रदेशका सबै जिल्लालाई विकासमा समान गर्न बजेट तर्जुमा गर्ने नीति अवलम्बन गरिने मुख्यमन्त्री पोखरेलले बताए । बहुसंख्यक जनताको हित गर्ने अयोजनालाई बजेटले प्राथमिकता दिनेछ । प्रदेशका जनताको जिवनस्तर उकास्न पूर्वाधारको विकास, कृषिको व्यवसायीकरण, पर्यटनको विकासबाट रोजगारी, उद्यमशीलता तथा औधोगिकरण, शिक्षा, स्वास्थ्य र खानेपानीको सुविधा बिस्तार गर्नु नै बजेटको मुख्य उद्देश्य हुने उल्लेख छ । 
कृषिमा सिचाइ र यान्त्रीकरणलाई जोड दिने भनिएको छ । उद्यमशीलताका लािग लघुबित्त कार्यक्रम, पर्यटनका लागि पुर्वाधार विकासजस्ता बिषयलाई आगामी बजेटले प्राथमिकता दिने नीति लिइएको छ । 
 

 

प्रकाशित: १ जेष्ठ २०७५ ०३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App