coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्यालेस्टायनको गाजा क्षेत्रकाे हिंसामा मृतक संख्या ५८ पुग्याे

जेरुसेलम - अमेरिकाले  जेरुसेलममा औपचारिक रुपमा सोमबार दूतावास स्थापना गरेपश्चात प्यालेस्टायनको गाजा क्षेत्रमा भएको प्रदर्शनका मृत्यु  हुनेहरूकाे संख्या ५८ पुगेकाे छ। प्रदर्शनमा करिब २७०० मानिस घाइते भएका छन्।

सोमबार भएको प्रदर्शन अमेरिकाले आफ्नो दूताबास जेरुसेलममा सारेको विरोधका साथै इजरायलद्वारा सीमा क्षेत्रमा गरेको हस्तक्षेपका विरुद्ध भएको थियाे।इजरायलसँगको सीमानामा पर्ने गाजामा आक्रोशित प्यालेस्टिनी प्रदर्शनकारी र इजरायली सेनाबीच झडप हुँदा सोमबार भएकाे प्रदर्शनमा ५२ जनाकाे मृत्यु भएकाे थियाे।साे संख्या बढेर ५८ पुगेकाे हाे।

प्रकाशित: १ जेष्ठ २०७५ ०३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App