coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

युभेन्ट्सलाई उपाधि

रोम – युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीले लगतार सातौं पटक इटालियन सिरी ‘ए’ को उपाधि जित्नुमा टोलीले गरेको मिहिनेतको नतिजा भएको भन्दै टोलीको प्रशंसा गरेका छन्।

युभेन्ट्सले आइतबार १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको खेलमा एएस रोमासँग गोलरहित बराबरी गरेको हो।
यसअघि नै उपाधि जित्ने निश्चित गरिसकेको युभेन्ट्सलाई औपचारिक रूपमा च्याम्पियन बन्न एक अंक पर्याप्त थियो।

साथै युभेन्ट्स सिरी ए र इटालियन लिग कप गरी लगातार ४ सिजन दोहोरो उपाधि जित्ने पहिलो टोली समेत बनेको छ ।
एलेग्रीलको टोलीले बुधबार एसी मिलालाई ४–० ले पराजित गर्दै इटालियन कपको उपाधि जितेको थियो।

यस जितपछि ३७ खेलमा ९२ अंक जोडेको युभेन्ट्स शीर्ष स्थानमा यथावत् छ । जुन दोस्रो स्थानको नेपोलीभन्दा ४ अंक बढी हो । ७४ अंक जोडेको रोमा तेस्रो र ७२ अंकका साथ लाजियो चौथो स्थानमा छन्।

६८औं मिनेटमा राड्जा नियोनगोलान दोहोरो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि रोमाले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो ।६३औं मिनेटमा एलेक्स सान्ड्रोमाथि फाउल गरेपछि पहिलो पहेँलो कार्डको दर्शन गरेका नियोनगोलानले त्यसको ५ मिनेटपछि पाब्लो डिबालालाई फाउल गरेपछि दोस्रो पहेँलो कार्डको दर्शन गरेका थिए।

‘टोलीले अन्तिमसम्म पनि स्वाभाविक लयलाई निरन्तरता दियो,’ एलेग्रीले भने, ‘नेपोलीले सिजन अवधिभर हामीलाई कठिन चुनौती दियो।’

रोमाले यसअघि नै तेस्रो स्थानमा बस्दै अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेको छ । शनिबार सम्पन्न खेलमा इन्टर मिलानले सासौलोलाई २–१ को नतिजा सुम्पिएसँगै रोमाको च्याम्पियन्स लिग टिकट पक्का बनेको थियो।

आइतबारै सम्पन्न खेलमा नेपोलीले साम्पडोरियालाई २–० ले पराजित गरेको हो । नेपोलीको जितमा आर्कड्युज मिलिक र राउल एलबियोलले समान एक गोल गरेका थिए।

प्रकाशित: १ जेष्ठ २०७५ ०५:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App