coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘टिभिएस अपाचे’ पोखरा स्पोर्टस अवार्ड जेठ १८ मा

पोखरा – नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा तेस्रो ‘टिभिएस अपाचे’ पोखरा स्पोर्टस् अवार्ड २०७४ यही जेठ १८ गते प्रदान गरिने भएको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकले बतास ब्रदर्श प्रालिको मुख्य प्रयोजनमा विभिन्न विधामा सम्मान दिन लागिएको बताए।

उनका अनुसार लाइफटाइम अचिभमेण्ट अवार्ड प्रा डा वीरेन्द्रसिंह गुरुङ, वर्ष उत्कृष्ट खेल कास्की जिल्ला ब्याडमिन्टन संघ, वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ कमलबहादुर भण्डारी (शारीरिक सुगठन), करण केसी(क्रिकेट) र तिलकबहादुर पुन मगर (धनुकाँड) तथा वर्ष उत्कृष्ट खेलाडी महिलातर्फ विमला नेपाली (सितेरियो कराँते), कमला पुन(हक्की) र केशरी आले मगर(धनुकाँड) लाई मनोनयन गरिएको छ।

वर्ष उत्कृष्ट उदीयमान खेलाडीमा विवेक अधिकारी(एथ्लेटिक्स), बुद्धिमाया मगर (कबड्डी) र मेगबहादुर क्रेन(क्रिकेट) एवं वर्ष उत्कृष्ट प्रशिक्षकमा जीवन घिमिरे(शारीरिक सुगठन), रिजन प्रजु (क्रिकेट) र शिवबहादुर गुरुङ(फुल कन्ट्याक्ट कराँते)लाई मनोनयन गरिएको छ।

मनोनीतमध्येबाट प्रत्येक विधामा एक एक छनोट गरी सम्मान दिइने अध्यक्ष पाठकले जानकारी दिए। पत्रकार मञ्च कास्कीका सचिव रञ्जन अधिकारीका अनुसार मनोनयनमा पर्ने खेलाडी कास्कीमा जन्म तथा कर्मथलो बनाएर जिल्ला, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा कमाएका हुन्। 

लाइफटाइम अचिभमेन्ट अवार्डका लागि ट्रफी, ताम्रपत्र र दोसल्ला, वर्ष खेलाडी पुरुषलाई टिभिएस अपाचे मोटरसाइकल, ट्रफी र दोसल्ला तथा वर्ष खेलाडी महिलालाई टिभिएस विगो स्कुटर, ट्रफी र दोसल्ला प्रदान गरिने छ। त्यस्तै वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकलाई १५–१५ हजारसहित ट्रफी र दोसल्ला प्रदान गरिने अधिकारीले जानकारी दिए। वर्ष उत्कृष्ट खेल संघलाई १० हजारसहित ट्रफी प्रदान गरिने छ।

यस वर्षदेखि मञ्चले कास्कीमा रहेर कम्तीमा पाँच वर्ष निरन्तर खेलकूदलाई पर्यटनसँग जोड्दै समाचार लेख्ने पत्रकारमध्ये एक जनालाई १५ हजारसहित सम्मान गर्न लागेको छ। सम्मान वितरण कार्यक्रमका लागि मञ्चका उपाध्यक्ष दीननाथ बरालको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको मञ्चले जनाएको छ।   (रासस)

प्रकाशित: १ जेष्ठ २०७५ ०९:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App