coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

प्रख्यात भनाई

खुसी पाउने कुनै बाटो छैन, खुसी त आफैँमा बाटो हो ।
गौतम बुद्ध


मनलाई प्रफुल्ल बनाउने एउटै उपाय छ र त्यो हो अरूलाई प्रफुल्ल बनाउनु ।
मार्क ट्वेन, प्रख्यात साहित्यकार


तपाईं खुसियालीपूर्ण जीवन चाहनुहुन्छ भने त्यसलाई जीवनको लक्ष्यसँग गाँसिदिनुस्, खुसीलाई मानिस र कुनै वस्तुसँग गाँस्नु भयो भने कहिल्यै खुसी हुन सक्नुहुन्न ।
अल्बर्ट आइन्स्टाइन, प्रख्यात वैज्ञानिक


खुसी त्यस्तो चिज हो, जुन बेला तपाईंले संगतिमा कुनै कुरा बोल्नु, सोच्नु र गर्नुहुन्छ ।
महात्मा गान्धी, प्रख्यात नेता


प्रत्येक मिनेट जब तपाईं रिसाउनु हुन्छ, तपाईंले खुसीका साठी सेकेन्ड गुमाउनुहुन्छ ।
राल्फ वाल्डो इमर्सन, प्रख्यात साहित्यकार


साह्रै बुद्धिमान मानिसमा साह्रै दुर्लभ भन्ने चिज खुसी हुन्छ ।
अर्नेस्ट हेमिङ्वे, प्रख्यात साहित्यकार


जब तपाईं खुसी केमा पाइन्छ भन्दै खोज्न थाल्नुहुन्छ, तपाईंले कहिल्यै फेला पार्नुहुने छैन । जीवनको अर्थ खोज्न थाल्नुभयो भने कहिल्यै अर्थपूर्ण जीवन बाँच्न सक्नुहुने छैन ।
अल्बर्ट कामु, प्रख्यात साहित्यकार

प्रकाशित: १ जेष्ठ २०७५ १०:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App