१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आकाशे पुल भत्किँदा कम्तीमा १६ जनाको मृत्यु

तस्विर : एजेन्सी

नयाँ दिल्ली - उत्तर भारतमा सडकमाथि निमार्णाधीन आकाशे पुल  भत्किँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति भग्नाबशेषमा फसेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।वाराणसी जिल्लाको सेनाको अस्थायी शिविर रहेको क्षेत्रमा निर्माण हुँदै गरेको आकासे पुल भत्किएको हो।

भारतीय अधिकारीका अनुसार निर्माणाधीन आकाशे पुलका दुई वटा पिलर भत्किँदा रोडा र सिमेन्टले बनेको विशाल संरचना सडकमा गुडिरहेका गाडी र मानिसमाथि खस्दा मानवीय क्षति हुन पुगेको हाे।घटनास्थलमा केही गाडी र मानिसहरू भत्किएको पुलको संरचनाले थिचेको छ भने केही घाइतेको सङ्ख्या गम्भीर रहेकोले मृतक सङ्ख्या बढ्न सक्ने बताइएको छ।

 प्रहरीले घटनामा उद्धार जारी रहेकाे बताएकाे छ। स्थानीय टेलीभिजन च्यानल एएनआईले पनि घटनामा १६ जनाको मृत्यु भएको र अन्य केही भग्नाबशेषमा फसेको जनाएको छ।
 

प्रकाशित: २ जेष्ठ २०७५ ००:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App