७ वैशाख २०८१ शुक्रबार
खेल

आईपीएल : राजस्थानमाथि कोलकाताको जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको छ।

मंगलबार राति कोलकाताको इडेन गार्डेनमा भएको खेलमा १ सय ४३ रनको लक्ष्य पछ्याएको कोलकाताले खेलमा २ ओभर बाँकी छँदा ४ विकेट गुमाएर उक्त लक्ष्य भेटायो।

कोलकाताका लागि क्रिस लायनले ४५ तथा कप्तान दिनेश कार्तिकले नटआउट ४१ रन बनाएका थिए। बेन स्टोक्सले ३ विकेट लिएका थिए।

राजस्थानका लागि जोस बट्लरले ३९ रन बनाए। राहुल त्रिपाठीले २७ रन जोडे। जयदेव उनादकतले २६, सञ्जु सामसन १२, कप्तान अजिक्या रहाने र बेन स्टोकले समान ११ रन बनाए।

बलिङतर्फ कोलकाताका कुलदीप यादवले ४ विकेट लिए। प्रसिद कृष्णले २ तथा शिभम माभी, सुनील नारिन, र आन्द्रे रसेलले समान १ विकेट लिए।

आईपिएल क्रिकेटमा आज राती मुम्बई इन्डियन्स र किङ्स ईलेभेन पञ्जाब भिड्नेछन्।

प्रकाशित: २ जेष्ठ २०७५ ०१:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App