७ वैशाख २०८१ शुक्रबार
समाज

बाजुराको हिलाचौरमा मकालु एयरको बिमान दुर्घटना

सुर्खेत – मकालु एयरको 9N AuJ कलसाइन बिमान बाजुराको हिलाचौरमा दुर्घटनाग्रस्त भएको छ।

सुर्खेत विमान स्थलबाट बिहान ६ः१२ बजे ११ सय ७० किलो कार्गो बोकेर हुम्लाको सिमिकोटका लागि उडेको बिमान बिच बाटोमै दुर्घटनाग्रस्त हुन पुगेको हो।  बाजुराको उत्तर पश्चिमि क्षेत्र हिलाचौरमा बिमान दुर्घटना ग्रस्थ भएको प्रहरीले जनाएको छ।

पाइलट किरण भट्टराइ र कोपाइलट आदित्य नेपाली बिमानमा सवार थिए। बिहान ६ः५५ मा सिमिकोट मिनास्थल पुग्नु पर्ने बिमान ६ः४५ बजे सम्पर्क विहिन भएको थियो।

बिमान दुर्घटना बारे स्थानीयले प्रहरीलाई जानकारी गराए पछि प्रहरी घटना स्थल तर्फ गइरहेको छ। घटनाको थप विवरण आउन बाँकी ।

प्रकाशित: २ जेष्ठ २०७५ ०३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App