८ वैशाख २०८१ शनिबार
कला

विनोदविक्रमलाई इच्छुक स्मृति पुरस्कार

काठमाडौँ– इच्छुक सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आइरहेको ‘इच्छुक स्मृति पुरस्कार– २०७५’ यस वर्ष कवि विनोदविक्रम केसीलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रगतिवादी साहित्यमा कलम चलाउने स्रष्टालाई दिइने पुरस्कार केसीसँगै मोदनाथ मरहट्टालाई पनि प्रदान गरिनेछ।

कवि विनोदविक्रम केसी अन्नपूर्ण ‘सम्पूर्ण’ साप्ताहिकका कार्यकारी सम्पादक हुन् । केसीको यसअघि ‘भोकको क्षेत्रफल’ कवितासंग्रह प्रकाशित छ । उनी कथा, निबन्ध, व्यंग्य लेखन र अनुवादमा पनि उत्तिकै सक्रिय छन् । अर्का कवि मरहट्टा चितवनमा बसेर कविता लेखनमा सक्रिय छन् । उनका ‘पाइलाहरू शिखरतिर उकासिँदै गर्दा’ (२०५५) र ‘उज्यालो जन्मनुअघि’ (२०६२) कविता कृति प्रकाशित छन् ।

त्यसैगरी साहित्यतर्फको ‘इच्छुक प्रतिभा पुरस्कार’ कवि शोभा दुलाललाई दिइने भएको छ भने कलातर्फको ‘इच्छुक प्रतिभा पुरस्कार’ कालिकोट निवासी फूलमायाँ दर्जी (प्रगति हिङमाङ)लाई दिइने भएको छ ।‘इच्छुक स्मृति पुरस्कार’को राशि १ लाख रहेको छ भने प्रतिभा पुरस्कारको राशि जनही पच्चिस हजार छ । आउँदो जेठ १३ गते इच्छुक स्मृति दिवसका अवसरमा पुरस्कार वितरण गरिने आयोजक इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्य सचिव हिरामणि दुःखीले बताएका छन् ।

 

प्रकाशित: २ जेष्ठ २०७५ ०४:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App