coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

हप्ता दिनमै विवादमा पर्यो सोनम कपूरको विहे

मुम्बई– बलिउड अभिनेत्री सोनम कपूरकाे विहे विवादमा परेको छ। सोनमले अर्बपति व्यापारी आनन्द आहुजासँग वैशाख २५ गते शिख परम्पराअनुसार मुम्बईमा धुमधामका साथ विहे गरेकी थिइन्। विहेलगत्तै सोनम ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी भइरहेका बेला उनी विवादमा परेकी हुन्।

सोनम र आनन्दको विहेलाई लिएर एक समुदायले आपत्ति जनाएको खबर भारतीय सञ्चारमाध्यममार्फत बाहिर आएको छ। सोनम र आनन्दले विहेका नाममा शिख रीति रिवाजको उल्लंघन गरेको भन्दै उक्त समुदाय विरोधमा उत्रिएको हो।

शिरोमणि गुरुद्वारा प्रबन्धक कमिटीका वरिष्ठ सदस्यहरुले सोनम र आनन्दको विहेमा रीति रिवाज र परम्पराको सही तरिकाले पालना नगरिएको भन्दै आलोचनामा उत्रिएका हुन्। उनीहरुले शिरोमणि गुरुद्वारेका प्रबन्धकमाथि रीति रिवाज उल्लंघनको आरोप लगाएपछि विहे विवादमा परेको हो।

उनीहरुको भनाईमा विहेको बेला आनन्दले टाउकोमा बाँधेको पगडीबाट कल्की नहटाउनुले ‘रहत मर्यादा’को उल्लंघन भएको छ। यो शिख धर्मविपरित हो।

असन्तुष्ट सदस्यहरुले विहेका मुख्य गुरुसहित पुजारीविरुद्ध कारवाहीको माग गर्दै उजुरी समेत दिएका छन्।

प्रकाशित: २ जेष्ठ २०७५ ११:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App