७ वैशाख २०८१ शुक्रबार
खेल

सन्दीपको अर्को उपलब्धी, विश्व ११ टिममा समावेश

काठमाडौं – आइसीसीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका १७ वर्षीय लेग स्पिनर सन्दीप लामिछानेलाई विश्व ११ को टोलीमा समावेश गरेको छ।

अहिले भारतमा चलिरहेको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्समा अनुबन्धित भएर एक खेल खेलिसकेका सन्दीपले लर्डसमा हुने वेष्ट इन्डिज विरुद्धको खेलमा  विश्व ११ को टिमबाट खेल्ने भएका हुन्।

पछिल्लो समयमा बंगलादेशी अलराउन्डर शकिब अल हसनले यो प्रतियोगितामा सहभागिता नजनाउने भएपछि आइसीसीले सन्दीपललाई मे ३१ मा इंग्ल्याण्डको लर्डसमा हुने खेलका लागि टिममा समेटेको हो।

विश्व ११ को टोलीमा सन्दीपसँगै इयोन मोर्गन (कप्तान) ,साहिद अफ्रिदी, तमिम इक्वाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लागन, सोएब मल्लिक, हार्दिक पाण्ड्या, थिसारा परेरा र लुक रोन्ची रहेका छन्।

प्रकाशित: २ जेष्ठ २०७५ ११:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App