coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

धावनमार्ग उप्किएपछि त्रिभुवन विमानस्थल एक घण्टा बन्द

काठमाडौं- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल धावनमार्ग केही उप्किएपछि करिव एक घण्टा विमानस्थल पूर्णरुपमा बन्द भएको छ।

विमानस्थलका सञ्चालन निर्देशक तथा प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दिउँसो ४:१० बजेदेखि साँझ ५ बजेसम्म आन्तरिक तथा अन्तराष्ट्रिय उडान तथा अवतरण बन्द गरियो।

'धावनमार्गको एक छेउमा दुई फुट गोलाकारमा कालोपत्रे उप्किएपछि विमानस्थल बन्द गर्यौं', ठाकुरले नागरिकन्यूजसँग भने, 'बन्द समयभित्र मर्मत गरेर विमानस्थललाई सुचारु गर्रौं।'

उनका अनुसार काठमाडौंबाट विभिन्न आन्तरिक गन्तव्य जाने तयारीमा रहेका बुद्ध एयर, यती एयरलाइन्स लगायतका जहाज रोकिएका थिए। काठमाडौं अवतरण गर्न आइरहेका केही अन्तराष्ट्रिय कम्पनीका जहाज पनि आकासमै फन्को लगाएका थिए।

प्रकाशित: २ जेष्ठ २०७५ १२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App