७ वैशाख २०८१ शुक्रबार
खेल

'ए डिभिजन' लिगको मिति घोषणा

काठमाडौं- अखिल नेपाल फुटवल संघ एन्फा ले ए डिभिजन लिगको मिति घोषणा गरेको छ। विज्ञानराज शर्माको संयोजकत्वमा लिगका लागि गठित  समितिले असोज १३ देखि माघ १६ गतेसम्म लिग गर्ने निर्णय गरेको हो।

एन्फा नेतृत्वमा कर्माछिरिङ शेर्पा आएपछि उनले लिग गराउने प्रतिवद्धता व्यक्त गरेका थिए। गत वर्ष तीन पटक लिगको मिति सार्वजनिक गरिएको थियो। तर लिग हुन सकेको थिएन।

लिगका लागि एउटा क्लबले बढीमा ३५ खेलाडी खेलाडि र १८ खेलाडी दर्ता गराउनु पर्ने छ। ए डिभिजनमा थ्रीस्टार क्लव, फ्रेन्ड्स क्लव, त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी, मनाङ मर्स्याङ्दी, मच्छिन्द्र, संकटा, हिमालयन शेर्पा क्लब, सरस्वती, ब्रिगेड ब्वाइज, जावलाखेल युथ क्लव, च्यासल युथ र न्युरोड टिम रहेका छन्।  

प्रकाशित: २ जेष्ठ २०७५ १४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App