६ वैशाख २०८१ बिहीबार
समाज

कामचोर ठेकेदार अब प्रहरी खोरमा

काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले सडक, पुललगायत निर्माण ठेक्का लिएर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएका छन्।

गृह मन्त्रालयमा बुधबार सरोकावाला निकायसँग छलफल गरेपछि गृहमन्त्री थापाले समयमा काम सम्पन्न गर्न आलटाल गर्ने ठेकेदारलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रियामा ल्याउन निर्देशन दिएका हुन् ।बैठकमा गृहसचिव, भौतिक मन्त्रालयका सचिव, नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौं र ललितपुर महानगरपालिका मेयर, काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, काठमााडाै प्रहरी परिसरका प्रमुखसहित उपस्थितत थिए।

बैठकमा गृहमन्त्री थापाले यसअघि भएका निर्णय कार्यान्वयन सन्तोषजनक नभएको भन्दै अब आलटाल नगर्न निर्देशन दिएका थिए । ठेकेदारले खेलाँची गर्दा विकासनिर्माण प्रभावित भएको उनको भनाइ थियो । ‘समयमा काम नगर्ने ठेकेदारलाई तपाईंहरुले छाड्नुभयो भने पनि मन्त्रालयले छाड्दैन । आज (बुधबार) कै मितिबाट भन्छु प्रहरीले त्यस्ता ठेकेदारको सूची तयार गरोस् र तुरुन्तै पक्राउ गरी कारबाही प्रक्रियामा ल्याओस्’, बैठकका सहभागीलाई गृहमन्त्री थापाले भने, ‘अर्को बैठकमा सबै निर्णय कार्यान्वयन र समयमै काम भएको सुन्न पाइयोस् ।

सडक तथा पुल निर्माण ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका काम पनि कमसल हुँदा लगानी खेर गएको गुनासो बारम्बार आउन थालेपछि गृहमन्त्रीले काम नगर्नेलाई पक्राउ गर्न निर्देशन दिएका हुन् । मन्त्री थापाले तोकिएको समयमा काम नगर्ने ठेकेदारको सूची प्रहरीलाई दिन भौतिक मन्त्रालयका सचिव तथा महानगरपालिकाका प्रमुखहरुलाई निर्देशन दिएका थिए । ‘त्यस्ता ठेकेदारको सूची बनाएर सच्चिन अल्मिेटम दिनुहोस्, सच्चिएनन् भने पक्राउ गर्न प्रहरीलाई सूची बनाएर दिनुुहोस्’, थापाले भनेका थिए।

गृहमन्त्रालय सम्हालेलगत्तै सडक दुर्घटना र ट्राफिक जाम न्यूनीकरण तथा धुलोधुवाँ हटाउने विषयलाई प्राथमिकता दिँदै थापाले फाुगन २९, चैत १ र ४ गते सडक, यातायात तथा ट्राफिक व्यवस्थापन विषयमा छलफल गरेका थिए । ‘ती छलफलमा भएका निर्णयको अहिलेसम्म ठोस परिणाम आएको छैन । कुन मन्त्रालयले काम गरेको छैन भन्ने विषयमा जनताले थाहा पाउनुपर्छ । गृहमन्त्रालयले हस्तक्षेप गर्ने अवस्था नआओस्’, उनले भने।

विगतका निर्णय कार्यान्वयन नभएकोमा जनताले पनि प्रश्न गर्न थालेको उनले बताएका थिए । मन्त्री थापाले भने, ‘सडकमा प्वाल परेको कहिले टालिन्छ भनेर जनताले प्रश्न गर्न थालेका छन्, पुल भत्किएको कहिले बन्छ भन्छन् । एउटा पुल बनाउन तीन वर्ष कुनपर्ने अवस्था आएको छ । अब समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गरी नयाँ ठेकेदार खोज्न ढिला गर्नु हुन्न ।’

प्रकाशित: ३ जेष्ठ २०७५ ०१:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App