७ वैशाख २०८१ शुक्रबार
अर्थ

थाक्रेमा राष्ट्रिय क्यानोनिङ महोत्सव हुँदै

काठमाडौं– नेपाल क्यानोनिङ संघले धादिङको थाक्रे गाउँपालिकामा राष्ट्रिय क्यानोनिङ (छाँगा) महोत्सव गर्ने भएको छ । संघले जेठ २५ र २६ गते गाउँपालिकाको वडा नम्बर ६ स्थित रानीझरनामा छाँगा महोत्सव गर्न लागेको हो।

उक्त छाँगा महोत्सवका लागि जेठ २० देखि २४ गतेसम्म क्यानोनिङ गाइड तालिम हुने संघले जनाएको छ ।संघले पर्वतीय साहसिक पर्यटनको विकास र प्रवद्र्धन गर्ने उदेश्यले हरेक वर्ष छाँगावरोहण कार्यक्रम गर्दै आएको छ ।२०१३ मा राष्ट्रिय क्यानोनिङ रन्देभुमा दुई सयभन्दा बढी स्वदेशी तथा विदेशी क्यानोनिङ प्रोफेसनल, पर्यटन व्यवसायी र अन्य क्षेत्रका व्यक्ति सहभागी भएका थिए ।

एसियामा पहिलोपटक अन्तर्राष्ट्रिय क्यानोनिङ रन्देभु सन २०११ मा आयोजना भएको थियो ।विश्वको साहसिक पर्यटक जमातलाई नेपालमा आकर्षित गर्न हरेक वर्ष छाँगावरोहण कार्यक्रम गर्ने गरेको अध्यक्ष लामाको भनाइ छ । यस्तो कार्यक्रम आयोजना गर्दा क्यानोनिङ प्रोफेसनलहरुले एक आपसमा प्राविधिक ज्ञान साटासाट गरेर दक्षता हासिल गर्न पाउने छाँगा विशेषज्ञ कर्ण लामाले जानकारी दिए ।नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र प्रर्वद्धनको साथै विभिन्न संघ–संस्था र व्यवसायीको सहयोगमा उक्त छाँगावरोहण महोत्सव हुन लागेको हो ।

 

प्रकाशित: ३ जेष्ठ २०७५ ०१:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App