८ वैशाख २०८१ शनिबार
अर्थ

नेपाली बजारमा होन्डा ग्राजिया भित्रियो

काठमाडौं– स्याकार ट्रेडिङ कम्पनीले नयाँ होन्डा ग्राजियालाई नेपाल भित्र्याएको छ । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ज्योति ग्रुपको अग्रणी कम्पनी हो ।

सहरी डिजाइनमा आधारित होन्डा ग्राजियामा आकर्षक र स्टाइलिस लुक रहेको छ । जसले आधुनिक स्कुटरलाई पूर्णरुपमा रि–डिफाइन गर्न सफल भएकोे कम्पनीले जनाएको छ । एलइडी हेडल्याम्पयुक्त यस स्कुटरमा १२५ सिसी इन्जिन रहेको छ ।होन्डा इको टेक्नोलोजीको प्रयोगका कारण यस स्कुटरमा बढी माइलेज र पावर हुनुका साथै एक सय ९० एमएम फ्रन्ट डिस्क ब्रेक भएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ३ जेष्ठ २०७५ ०१:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App